Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

हमासद्वारा बन्धक रिहाइ सुरु गर्दै, के छ विपिन जोशीको अवस्था ?

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २७, २०८२  | बिहान १०:१४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । इजरायल र हमासबीचको पछिल्लो सहमतिअनुसार सोमबार बिहान २० जना जीवित बन्धक रिहा हुने भएका छन्। दुई वर्षभन्दा लामो द्वन्द्वपछि हुन लागेको यो रिहाइलाई शान्ति र आशाको संकेतका रूपमा हेरिएको छ।

इजरायली अधिकारीहरूले जानकारी दिएअनुसार बन्धकहरूलाई तीन चरणमा रिहा गरिनेछ। पहिलो दुई समूह बिहान ८ बजे दुई फरक स्थानबाट मुक्त गरिनेछन् भने तेस्रो समूहलाई एक घण्टा पछि अर्को स्थानबाट रिहा गर्ने तयारी छ।

बिज्ञापन

रिहा हुनेहरूमा अधिकांश इजरायली नागरिक छन् भने केही विदेशी नागरिक पनि समावेश छन्। तर, हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइबारे अहिलेसम्म औपचारिक पुष्टि भएको छैन। सीएनएन लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विपिनसहित दुई नेपालीको अवस्था अझै अज्ञात रहेको उल्लेख गरेका छन्। इजरायलस्थित नेपाली अधिकारीहरूका अनुसार विपिनबारे अझै स्पष्ट जानकारी प्राप्त भएको छैन।

यता, तेल अवीभको ‘होस्टेज स्क्वायर’ मा गए रातिदेखि हजारौं नागरिक भेला भएका छन्। उनीहरूले ब्यानर र सन्देशमार्फत बन्धकहरूको सुरक्षित र शीघ्र रिहाइको माग गरिरहेका छन्। इजरायलको ‘होस्टेज एन्ड मिसिङ फ्यामिलिज फोरम’ का अनुसार नागरिकहरू “आशा, धैर्य र एकताको सन्देशसहित” यो ऐतिहासिक क्षणको प्रतीक्षा गरिरहेका छन्।

यसैबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आज बिहान इजरायल आइपुग्ने कार्यक्रम रहेको छ। उहाँले बन्धकका परिवारसँग भेटघाट गर्ने, प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग छलफल गर्ने र त्यसपछि गाजासम्बन्धी संकटबारे इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने बताइएको छ।

हमासद्वारा गरिन लागेको बन्धक रिहाइलाई शान्ति प्रक्रियातर्फको निर्णायक पाइला मानिएको छ। तर, विपिन जोशीसहित अन्य बेपत्ता नेपालीको अवस्था अझै प्रष्ट नभएसम्म उनका परिवार र आफन्तहरू प्रतीक्षामै छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka