Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

हमासले विपिन जोशीको शव इजरायललाई बुझायो

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २८, २०८२  | बिहान ८:२६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । गाजामा बन्धक बनाइएका नेपाली विपिन जोशीको शव हमासले इजरायललाई सुम्पेको छ।

सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो। टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले रेडक्रसमार्फत विपिनसहित चार जनाको शव प्राप्त भएको पुष्टि गरेको हो।

बिज्ञापन

विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको इजरायली सेनाले जनाएको छ।

फरेन्सिक परीक्षणका लागि चारै शव इजरायलको राजधानी तेल अभिभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्‍याइएको छ। त्यहाँ शव पहिचानको प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन्।

अब हमासले २४ जना मृत बन्धकको शव फिर्ता गर्न बाँकी छ।

हमासले सोमबार जीवित २० बन्धक इजरायलको जिम्मा लगाइसकेको छ। त्यतिबेलासम्म नेपाली विद्यार्थी विपिनको अवस्था अज्ञात भनिएको थियो।

तर पछि मृतक बन्धक फिर्ता गर्ने बेला हमासले एकाएक विपिनको पनि मृत्यु भइसकेको पुष्टि गर्दै शव फिर्ता गर्ने बताएको थियो।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका बासिन्दा विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कैलालीस्थित टीकापुर कृषि क्याम्पसबाट ४९ जना विद्यार्थीको टोलीमा २०८० भदौ अन्तिम साता इजरायल गएका थिए।

यसैबीच २०२३ अक्टोबर ७ का दिन हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिए भने विपिन अपहरणमा परे। हमासले फालेको ‘ग्रिनेड’ फाल्दै साथी जोगाउने खोज्दा विपिनलाई हमासले बन्धक बनाएर गाजा पुर्‍याएको थियो।

किबुज क्षेत्रमा रहेको कृषि फार्ममा १७ नेपाली विद्यार्थी बस्थे। विपिनको मृत्यु पुष्टि भएसँगै हमासको आक्रमणमा मारिने नेपालीको संख्या ११ पुगेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka