Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

हमासले सोमबारदेखि बन्धक रिहा गर्दै, विपिन जोशी जीवितै रहेको विश्वास

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २६, २०८२  | बिहान १०:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हमास र इजरायली अधिकारीहरूले दिएको जानकारीअनुसार गाजाबाट बन्धकहरू सोमबार बिहानदेखि रिहा हुने अपेक्षा गरिएको छ। तर समयबारे केही अनिश्चितता अझै बाँकी रहेको छ।

बिहीबार भएको युद्धविराम सम्झौता अनुसार, इजरायली सेनालाई गाजाबाट प्रारम्भिक फौजी फिर्ता प्रक्रिया पूरा गर्न २४ घण्टा दिइएको थियो। सो फिर्तापछि हमासलाई ७२ घण्टाभित्र ४८ जना बन्धकहरू रिहा गर्नुपर्ने शर्त राखिएको थियो, जसमा २० जना जीवित रहेको अनुमान गरिएको छ। जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश रहेको बताइएको छ ।

बिज्ञापन

इजरायल ले शुक्रबार दिउँसोसम्म आफ्नो फौज फिर्ता गरिसकेको थियो, जसले ७२ घण्टे समयसीमा सुरु गराएको हो। यस साटोमा इजरायलले करिब २,००० जना प्यालेस्टिनी बन्दीहरू रिहा गर्नेछ।

शुक्रबार बन्धकका परिवारहरूलाई पठाइएको सन्देशमा इजरायली सरकारका बन्धक मामिलाका संयोजक गाल हिर्शले लेखेका छन्, “तपाईंका प्रियजनहरू – हाम्रा प्रियजनहरू को रिहाइको प्रक्रिया सोमबार बिहानबाट सुरु हुने विश्वास गरिएको छ।”

उनी अनुसार जीवित बन्धकहरू इजरायललाई हस्तान्तरण गरिनेछ भने मृतकहरूको शव पनि फर्काइने सम्भावना छ। ती शवहरू “पिडादायक र सम्मानजनक समारोह” मार्फत फरेन्सिक चिकित्साशास्त्र संस्थानमा पहिचानका लागि लगिनेछ।

हमासका वरिष्ठ नेता ओसामा हम्दानले पनि उक्त तालिका पुष्टि गर्दै उनले टाइम्स आफ इजरायलसँग भने, “सम्झौता अनुसार कैदीहरूको साटासाट सोमबार बिहानबाट सुरु हुने तय भएको छ, र यसबारे कुनै नयाँ परिवर्तन छैन।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa