Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

विपीन जोशीको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सरकारको पहल जारी रहने

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २९, २०८२  | अपराह्न १:०८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । सरकारले इजरायलमा हमासद्वारा अपहरणमा परेका नेपाली युवा विपीन जोशीको मृत्युको वास्तविक कारण र परिस्थिति पत्ता लगाउन पहल जारी राख्ने जनाएको छ।

बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शव नेपाल ल्याइसकेपछि पनि जोशीको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सम्बन्धित सरकार तथा सरोकारवाला निकायहरूसँग समन्वय गरिने जनाएको हो।

बिज्ञापन

“विपीन जोशीको मृत्युको कारण र परिस्थितिका विषयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन तथा परिवारले पाउनुपर्ने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा र अन्य सुविधाका लागि सरकार आवश्यक पहल गर्न प्रतिबद्ध छ,” विज्ञप्तिमा भनिएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा विपीनसहित २५१ जनालाई बन्धक बनाएको थियो। हमासले गत सोमबार मात्रै विपीनको मृत्यु भइसकेको पुष्टि गरेको थियो।

उक्त दिन साँझ रेडक्रसमार्फत हमासले विपीनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणपछि शव विपीनकै भएको पुष्टि भएको हो।

इजरायलस्थित नेपाली दूतावासले शव नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka