Premier Cables
Premier Steel

समाचार

भारतीय राजदूत श्रीवास्तले भेटे पहलगाममा मारिएका सुदिपका परिवार, यस्तो छ बाचा

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar आइतबार, बैशाख २८, २०८२  | साँझ ७:५६ बजे

भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मू–काश्मिरस्थित पहलगाममा आतंकवादी हमलामा ज्यान गुमाउनु भएका सुदिप न्यौपानेका परिवारलाई भेटनुभएको छ ।

राजदूत श्रीवास्तव आइतबार मृतक न्यौपानेको बुटवलस्थित घरमा पुगेर परिवारसँग भेट गर्नुभएको हो । घर पुगेर उहाँले परिवारजनमा समवेदना प्रकट गर्नुभएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । भारतीय सरकारले आतंकवादीहरूविरूद्ध लड्ने र न्याय दिने पनि राजदूत श्रीवास्तवले प्रतिवद्धता जनाउनु भएको छ ।

बिज्ञापन

‘उहाँले परिवारलाई आतंकवादविरूद्धको लडाई र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धता रहेकोबारे आश्वासन दिनुभएको छ,’ काठमाडौंस्थित भारतीय राजदूतावासले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ । गत अप्रिल २२ मा सुदिप न्यौपाने परिवारसहित पहलगाममा घुम्न पुगेका थिए। आतंकवादी समूहले न्यौपानेसहित २६ जनाको हत्या गरेको थियो।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka