सबैभन्दा ठूलो भ्रष्टाचारी कुलमान हुन्, गृहमन्त्री बालेनको नोकर बनेः महेश बस्नेत
नोट: यो समाचार ४ महिना अघिको हो
बिहिबार, असोज २३, २०८२ |
अपराह्न १२:२१ बजे
विराटनगर । एमाले नेता महेश बस्नेतको कुलमान घिसिङ सबैभन्दा ठूलो भ्रष्टचारी भएको भन्दै उनीमाथि पहिले छानबिन हुनुपर्ने बताएका छन् । भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले घिसिङमाथि छानबिन हुनुपर्ने माग गरे ।
उनले बालेन र सुदन गुरुङमाथि पनि छनबिन हुनुपर्ने माग गरेका छन् । आगजनी र तोडफोड गर्ने सबैको पाइपाई हिसाब हुने भन्दै उनले गृहमन्त्री ओलीको नोकर भएको पनि आरोप लगाए । भने,‘‘गृहमन्त्री बालेनको नोकर जस्तो भएर हिंडुन भएको छ ।’’
उनले अर्थमन्त्री रामेश्वर खनालमाथि पनि छानबिन गर्न माग गरे ।
केपी ओलीलाई अब भक्तपुरमै स्थायी बसोबास गर्न आग्रह गर्दै बस्नेतले जग्गाको व्यवस्थापन गरिदिने बताए । भक्तपुरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल पनि सहभागी छन् ।