Premier Cables
Premier Steel

राष्ट्रिय

क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणमा १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २२, २०८२  | बिहान ९:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले यस वर्षको मनसुनजन्य बाढीपहिरोबाट क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुलहरू पुनर्निर्माण गर्न मात्र १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्नेछ। यसअघि, गत वर्षको विपद्का कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा छुट्याइएको १ अर्ब ७० करोड रुपैयाँ अझै खर्च हुन बाँकी छ।

बिज्ञापन

मन्त्रालयले दिएको जानकारीअनुसार, यो वर्ष सबैभन्दा ठूलो क्षति मेची राजमार्गमा पुगेको छ, जसको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट–मुग्लिङ लगायतका राजमार्गहरूको पुनर्निर्माणमा करिब ३ अर्ब ७७ करोड रुपैयाँ लाग्नेछ।

यस्तै, क्षतिग्रस्त १७ वटा स्थायी पुलको पुनर्निर्माणमा लगभग ४ अर्ब ५२ करोड रुपैयाँ लाग्नेछ। सडक सञ्चालनका लागि आवश्यक बेलिब्रिज निर्माणमा ८० करोड रुपैयाँ, र वैकल्पिक सडकहरूको पुनर्निर्माणमा करिब १ अर्ब ५९ करोड रुपैयाँ खर्च हुने सरकारको अनुमान छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले बाढीपहिरोका कारण अवरुद्ध भएका सडकहरूलाई शीघ्र सञ्चालनमा ल्याउने कार्य उच्च प्राथमिकतामा राखिएको बताए। उनले उपकरण र जनशक्ति परिचालन गरी सडक खुलाउने काम तीव्र रूपमा भइरहेको उल्लेख गर्दै आफू र मन्त्रालयका तर्फबाट नियमित अनुगमन भइरहेको जानकारी दिए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka