Premier Cables
Premier Steel

समाचार

इलाममा पहिरोले पुरेर १८ जनाको ज्यान गयो, गर्भवती घाइतेको सेनाको हेलिकप्टरमार्फत उद्धार

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १९, २०८२  | बिहान ९:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । इलाम जिल्लामा अविरल वर्षापछि आएको पहिरोमा परेर कम्तीमा १८ जनाको मृत्यु भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार र बिहीबार लगातार पहिरोमा परेर उनीहरूको ज्यान गएको हो।

बिज्ञापन

प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले दिएको जानकारीअनुसार इलामका विभिन्न स्थानमा पहिरोका कारण मानवीय क्षति भएको हो।

सूर्योदय नगरपालिकामा ५ जनाको, माङसेबुङ गाउँपालिका पाटीगाउँमा ३ जनाको, देउमाई नगरपालिका–५ को धारेमा १ जना र सोही वडाको धुसुनेमा २ जनाको मृत्यु भएको छ। यस्तै, फाकफोकथुम गाउँपालिका–३, रातमाटेमा १ जना र इलाम नगरपालिका–५, घोसगाउँमा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।

पहिरोमा परी गम्भीर घाइते भएकी माङसेबुङकी एक गर्भवती महिलालाई उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर खटाइएको छ।

क्याटेन भुपेन्द्र शाहीको नेतृत्वमा सेनाको टोली हेलिकप्टरमार्फत घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka