Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराटनगरमा अर्थमन्त्री खनालको एकदिन: कहाँ-कहाँ पुगे, के भने ?

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज ०८, २०८२  | राती ८:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अर्थमन्त्री रामेश्वर खनाल बुधबार अपरान्ह विराटनगर विमानस्थलमा ओर्लिए । टाइट सेड्युलसाथ आएका उनी विमानस्थलको भिआइपी कक्ष छिरेनन् । सर्वसाधारणस़गै बाहिरिए ।

त्यसपछि सोझै जेन जी आन्दोलनका घाइते सान्तनु ढकाललाई भेट्अन विराट मेडिकल कलेज टिचिङ हस्पिटल, बुढीगंगा-२ पुगे ।  ढकाल त्यहाँ उपचाररत छन्।
विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री खनालले

बिज्ञापन

प्रदेश संरचना खारेज गर्ने र  नोटबन्दी गर्ने कुनै छलफल नभएको बताए । त्यसपछि आन्तरिक राजस्व कार्यालय विराटनगर निरीक्षण गर्दै क्षतिको जानकारी लिए ।

उनले भने,”अहिलेको सरकार संविधान सम्मत गठन भएको छ ।  तत्काल प्रदेश खारेज गर्ने विषय प्राथमिकतामा पर्दैन ।” बरु संघीय अनुदानमा चल्ने  प्रदेश सरकारहरूले जथाभावी नियुक्ति गर्न नहुने बताए ।

“संघीय मन्त्रीपरिषद्ले स्वकीय सचिव लगायतको नियुक्ति रोक्ने निर्णय गरेको छ, तपाईंहरूले पनि यही कुरा भनिदिनु होला” उनले भने, अवकाश भएकालाई पनि नियुक्त गरिन्छ, अनुदानमा चलेर त्यो गर्न पाइदैन । जेन जी आन्दोलन यस्तै कुराको विरुद्ध थियो ।” खनालले मन्त्रिपरिषद्ले निर्णय गरेर भूमि आयोग पनि खारेज गरेको बताए । प्रदेश सरकारले कानुन बनाएर नियुक्ति गरेको भन्ने पत्रकारको जिज्ञासामा अनुदान लिएर नियुक्त गर्न नपाइने बताए । प्रदेश कानुनहरु यथावत रहेको उनको भनाइ थियो ।

नयाँ सरकारले  नोट बन्दी गर्ने भन्ने हल्लाबारे उनले भने,” कुनै पनि नोटबन्दी गर्ने विषयमा अहिलेसम्म छलफल नै भएको छैन । नेपाली रुपैयाँ ५०० र १००० को नोट प्रतिबन्ध लगाउने बारेमा छलफल नै भएको छैन।’

अर्थमन्त्रीले बुधबार विराटनगर भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन सफ्टवेयरको उदघाटन गरेका छन्ग। देशका सबै मुख्य भन्सार कार्यालयमा यस्तो सफ्टवेयर इन्स्टल गरेर सञ्चालनमा ल्याउने भन्सार विभागको  तयारी छ ।‌

सोहीअनुरुप विराटनगरमा पाइलट कार्यक्रमका रुपमा यसको सञ्चालन गरिएको हो ।

हरेक ६ महिनामा विभागले अद्यावधिक गर्ने सन्दर्भ मूल्यसूचीलाई क्रमश निष्क्रिय बनाउँदै लैजाने र वास्तविक मूल्यांकन पद्धति अपनाउने उद्देश्यले यस्तो सफ्टवेयर राखिएको हो ।

विराटनगरका उधोगी व्यवसायीसँग अन्तरक्रियामा सरकारले ल्याएको नयाँ नीतिमा रही कार्य गर्न सुझाव दिए ।

उनले भने, “औधोगीक विकासको अग्रणी सहर हो विराटनगर । यहीं पहिलो पटक उधोग खुलेको हो । यहाँका व्यवसायीले गलत काम गर्नुहुन्छ भन्ने मलाई विश्वास छैन ।” उनले निजी क्षेत्र र सरकार एकअर्काका सहयोगीका रूपमा अघि बढ्नुपर्ने बताए ।

“उधोगी व्यवसायीका समस्या समाधान गर्न सरकार संधै सकारात्मक छ,” उनले भने । मोरङ उधोग व्यापार संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो ।

संघका तर्फबाट उधोग क्षेत्रका समस्याबारे मन्त्री खनाललाई जानकारी गराइएको थियो । आज साँझ नै उनी काठमाडौं फर्किए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क बढाइने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka