Premier Cables
Premier Steel

शेयर बजार

नेप्से बढ्दा सबै समूहमा हरियाली

Calendar मंगलबार, आश्विन ०७, २०८२  | साँझ ४:१२ बजे

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ ।

आज नेप्से परिसूचक २.२३ प्रतिशत अर्थात ५८.६३ अंकले बढेर २ हजार ६८२.२५ विन्दुमा पुगेको छ ।

बिज्ञापन

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९९ प्रतिशतले बढेर ४६४.३६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर ५ अर्ब २९ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘अघिल्ला दिनहरुमा निराशाका कारण घटेको बजार नयाँ सरकार आएका कारण उत्साह देखिएको छ । यो वृद्धिले अझै केही समय निरन्तरता पाउन सक्छ । यद्यपी प्राविधिक रुपमा भने करेक्टिभ वेबको बढोत्तरी रहेको छ ।’

अर्का बजार जानकार दामोदर गजुरेलले राजनीतिक परिवर्तन, नयाँ अर्थमन्त्री र उनले पूँजी बजारको सुधारका लागि बनाएको कार्यदलप्रतिको लगानीकर्ताको आत्मविश्वास र सरकाप्रति नीजि क्षेत्रको विश्वासका कारण बजारमा सुधार आएको बताए ।

‘अहिले बजारमा कारोबार पनि औषत भन्दा बढीनै छ । यसकारण बजारमा प्यानिकको अवस्था भने हटेको छ,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज निर्जीवन बीमा समूह सर्वाधिक बढ्यो । यो समूह आज ३.४८ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह १.३८ प्रतिशत, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल २.७८, हाईड्रो ३.३०, लगानी १.६६, जीवन बीमा २.३१, उत्पादन तथा प्रशोधन १.१२, लघुवित्त २.५४, म्युचुअल फण्ड ०.६३, अन्य २.५१ र व्यापार समूह १.८३ प्रतिशतले बढ्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka