Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा बढ्यो ट्राफिक जामको समस्या, सर्वसाधारणले खोज्न थाल ट्राफिक प्रहरी

तीनपैनीको भत्किएको ट्राफिक बिटमै बसेर सुरक्षा दिन थालएिको छ ।

Calendar मंगलबार, आश्विन ०७, २०८२  | बिहान ९:५३ बजे

विराटनगर । दशैं आई सकेको छ । अहिले बजारमा किनमेल गर्नेहरुको घुइँचो देखिन्छ । विराटनगर बजार पनि भिडभाड हुन थालेकोछ ।

तर, सडकमा ट्राफिक प्रहरीको अनुपस्थितिले धेरै यात्रुलाई समस्या हुन थालेको छ । सर्वसाधारणले ट्राफिक प्रहरीको उपस्थिति खोजेका छन् । तर, जेनजी आन्दोलनका क्रममा ट्राफिक प्रहरीले बसेर तथा उभिएर सेवा दिने ट्राफिक बिटहरु आगजनी भएपछि अहिलेसम्म तिनको निर्माण हुन सकेको छैन ।

बिज्ञापन

विराटनगरका अधिकांश स्थानमा ट्राफिक लाइटमा तोडफोड गरिएका कारण लाइट संचालन हुन सकेको छैन ।

विराटनगरका ६ स्थानमा लाइट बिग्रिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर राजन लम्सालले अहिले राजमार्गका केही भागमा ट्राफिक प्रहरीले नियमित काम शुरु गरेपनि भित्री सडकहरुमा शुरु हुन सकेको छैन । लम्सालले भने,‘‘तीनपैनी चोकमा नेपाल प्रहरीको टोलीसँगै खटिएका छौं ।’’ उनले आन्दोलनका क्रममा सवारी साधनसमेत तोडफोड गरिएकोले चेकिङका लागि हिंड्न सक्ने अवस्था पनि नरहेको बताए । कंचनबारी र बरगाछी चोकमा भने टरफिक प्रहरी खटिएको लम्सालले बताए ।

एक्लै खट्ने अवस्था नरहेको र माथिबाट समेत कुनै निर्देशन नआएको उनले सुनाए । ‘‘एक्लै खटाउन माथिको आदेश दिएको छैन । सुरक्षा विचार गरेर खटिने भन्ने छ ’’ उने भने । अहिले चेकजाँचमा निस्कन विराटनगरका ट्रफिक प्रहरीसँग बाइकसमेत छैन् । केशलिया, तीनपैनी, जलजला चोक, ट्राफिक चोकलगायतका ठाउँमा बिट बनाउन पर्ने बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka