Premier Cables
Premier Steel

शेयर बजार

नेप्सेद्वारा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाइयो

Calendar आइतबार, आश्विन ०५, २०८२  | बिहान ११:४१ बजे

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ ।

आज परीक्षण गरी पर्सिदेखि लागु हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । भोलि घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार बन्द रहनेछ ।

बिज्ञापन

अन्तिम १५ मिनेटको भारित औसत गणना विधिले बजार झारेको भन्दै अधिकांश लगानीकर्ताले यसको विरोध जनाएका थिए । गत चैत ७ गतेबाट भारित औसत गणना विधि लागु भएको थियो । यो विधि हटेसँगै अब अन्तिम कारोबार मूल्यकै आधारमा सूचकहरू गणना हुनेछ ।

२ : ४५ बजेदेखि ३ बजेसम्म कारोबार भएका सबै सेयरको भारित औसत मूल्यका आधारमा सूचक गणना हुने गरेको थियो । यसले अधिकांश दिन बजार थप घटाएको भन्दै लगानीकर्ताले विरोध जनाएका थिए ।

साथै यसअघि भारित औसत गणनाका क्रममा त्रुटि समेत पाइएको थियो । नेप्सेको प्रविधि अटोमेटेड र स्तरीय नभएकाले अहिले भारित औसत गणना विधि हटाउनुपर्ने माग ब्रोकरले पनि गर्दै आएका थिए ।

साउन १२ गते बजार बन्द भएपछि भारित औसत मूल्य गणनापछि नेप्से २ अंक घटेको देखियो । जबकि भारित औसत मूल्य गणनाअघि १० अंक बढेको थियो ।

त्यतिबेला भारित औसत गणनामा प्राविधिक त्रुटि भएको भन्दै नेप्सेले क्षमायाचनासहित अंक सच्यायो । अन्ततः भारित औसत गणनाको त्रुटि सच्याएपछि नेप्से ७ अंक बढ्न पुगेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka