Premier Cables
Premier Steel

शिक्षा

कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ गते

फायल फोटो

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar बुधबार, असोज ०१, २०८२  | बिहान ८:३६ बजे

काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक गरिएको छ। यसअघि भदौ २८ र २९ गते हुने भनिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बनेपछि स्थगित गरिएको थियो।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा ११ र १२ ले संशोधित तालिका अनुसार परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने जनाएको छ।

असोज ७ गते अनिवार्य अंग्रेजी (कोड 0041) विषयको परीक्षा हुनेछ। एक विषय मात्र दिने परीक्षार्थीका लागि यही दिन परीक्षा हुनेछ। दुई विषयका परीक्षार्थीहरूका लागि भने सानो कोड भएको विषयको परीक्षा पहिलो दिन सञ्चालन हुनेछ। यदि परीक्षार्थीले अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिनुपर्ने हो भने, असोज ७ गते अंग्रेजी र ८ गते नेपाली विषयको परीक्षा हुनेछ।

असोज ८ गते भने दुई विषय दिने परीक्षार्थीका लागि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ। अंग्रेजीको परीक्षा भने पहिलो दिनमै सञ्चालन हुने भएकाले दोस्रो दिन पुनः अंग्रेजीको परीक्षा हुने छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka