Premier Cables
Premier Steel

अर्थ

करदातालाई राहत: कर विवरण पेस र दाखिला म्याद असोज २५ गतेसम्म बढाइयो

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३१, २०८२  | राती ९:५४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । देशभर भएको आन्दोलनका कारण कर कार्यालयहरु बन्द हुन पुगेपछि करदाता र कर प्रबन्धकलाई कर विवरण पेस गर्न र कर दाखिला गर्न समस्या परेको जनाउँदै नेपाल सरकार अर्थ मन्त्रालयले कर विवरण तथा कर दाखिला गर्ने म्याद २०८२ असोज २५ गतेसम्म लम्ब्याएको छ।

अर्थ मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “२०८२ साउन महिनाको मासिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम करकट्टी (e-TDS), शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम २०८२ असोज २५ गतेभित्र दाखिला गर्न सकिनेछ।”

बिज्ञापन

विज्ञप्तिअनुसार यस म्यादभित्र कर विवरण वा कर रकम दाखिला नगरेकोमा कुनै जरिवाना, ब्याज वा अन्य थप शुल्क लाग्ने छैन। साथै, यदि तोकिएको म्यादसम्म कर तिर्ने वा विवरण पेस गर्ने कार्य हुन सकेन भने आन्तरिक राजस्व विभागले प्रणालीमार्फत आवश्यक समायोजनको व्यवस्था मिलाउने जनाइएको छ।

अर्थ मन्त्रालयले करदाताहरूलाई यो सुविधा सदुपयोग गर्न आह्वान गर्दै तोकिएको म्यादभित्र करसम्बन्धी दायित्व पूरा गर्न अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka