






विराटनगर । जिल्ला प्रशासन कार्यालयले मोरङमा भएका सरकारी तथा निजी कार्यालयहरुमा भएको क्षतिको विवरण सार्वजनिक गरेको छ ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडको विवरण मंगलबार सार्वजनिक गरिएको हो ।
विवरणअनुसार मोरङमा रहेका कूल ७३ मध्ये २१ कार्यालयमा क्षति पुगेको छ । यसैगथरी प्रदेशतर्फ रहेका ३९ मध्ये १४ कार्यालयमा क्षति भएको छ । स्थानीय पालिका १७ मध्ये १० र कूल १५९ मध्ये ५८ वडा कार्यालयमा क्षति भएको छ ।
यसैगरी निजी घरहरु १५, संस्थान १, व्यापारिक भवन ३, अन्य संघसंस्थातर्फ ४, पार्टी कार्यालयतर्फ ८ वटामा क्षति भएको छ ।
यता सुरक्षा निकायतर्फ १७ वटा पोस्ट तथा कार्यालयमा क्षति भएको छ । सशस्त्र प्रहरीका ४ वटा पोस्टमा आन्दोलनकारीले क्षति गरेका छन् ।
आन्दोलनका क्रममा ती कार्यालयहरुमा तोडफोड तथा आगजनी भएको थियो ।
कूल १५५ कार्यालय तथा निजी भवनमा क्षति भएको प्रशासनले जनाएको छ ।