Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका सरकारी कार्यालय आगजनी र तोडफोड गर्नेहरुको खुल्दै छ पहिचान

Calendar मंगलबार, भाद्र ३१, २०८२  | बिहान ११:५४ बजे

विराटनगर । कोसी प्रदेशका राजधानी विराटनगर र मोरङ जिल्लाभर जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्नेहरुको विवरण संकलनको काम शुरु भएको छ । यस क्रममा संकलित भिडियो तथा तस्बिरहरुबाट प्रहरीले मिहीन अनुसन्धान समेत थालेको छ । प्रहरीले सर्वसाधारणलाई अपिल गरी भिडियो तथा सामग्री उपलब्ध गराउन भनेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक रुपमा त्यस सम्बन्धी प्रमाण जुटाउन अपिल गरेको हो । कार्यालयले सर्वसाधारणले खिचेका भिडियो, आगजनी गर्नेहरुको हुलिया देखिने फोटो र अन्य सामग्री प्रहरीलाई पठाउन आग्रह गरेको छ । प्रहरीले गरेको अपिलसंगै त्यस्ता सामग्री जुट्न समेत थालेको छ ।

बिज्ञापन

विराटनगरमा भएका आगजनी, तोडफोड र‌ लुटपाटमा घुसपैठ गर्नेहरुको संलग्नता समेत देखिएको छ । कतिपय राजनीतिक दलका युवा भनिने नेताहरु नै अग्रमोर्चामा खटिएर तोडफोड र आगजनी गरेको भिडियो सार्वजनिक भएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङमा तोडफोड र आगजनी हुंदा एक जना माओवादी सम्बद्ध युवा नेताले कमान्ड सम्हालेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

यसैगरी कोसी प्रदेश सभा भवनमा लुटपाट र‌आगजनी भएका बखत समेत दल सम्बद्ध युवाहरुले उक्साएको देखिएको छ । सभाहलभित्रका सामान तोडफोडमा संलग्नहरुको सिसिटिभी भिडियो भएका छन्। प्रदर्शनकारीको आगजनी र तोडफोडबाट सभा खरानी भएको छ । सामान चोरी भएका छन् । सभाको दक्षिणी भेगबाट आक्रमण र लुटपाट गर्नेहरुको सिसिटिभी फुटेज पनि बाहिरिएको छ ।

हिमालय रोडमा महानगरले सडक सौन्दर्यकरणका लागि निर्माण गरेको चौतारी व्यवसायी तथा विराटनगर भन्सार कार्यालयका एक जना भन्सार एजेन्टकै नेतृत्वमा भत्काइएको छ । उनले राति संरचना भत्काउन मानिस लगाएर आफूले निर्देशन दिइरहेको भिडियोमा देख्न सकिन्छ । आफ्नो व्यावसायिक कम्प्लेक्स अगाडि फाउन्टेन सहितको संरचना बनेको भन्दै यसअघि पनि उनले विरोध गर्दै आएका थिए ।

कोइराला निवासमा आगजनी र तोडफोन गर्न निर्देशन दिनेहरुको समेत भिडियो तथा तस्बिर सार्वजनिक भएको छ । विराटनगर भाटभटेनीमा तोडफोड, आगजनी र लुटपाट गर्नेहरुको तस्बिर भिडियो समाजिक सञ्जालमा भाईरल छन् । त्यहाँ लुटपाट गर्न गएको आशंका गरिएका एकजनाकाृ जलेर मृत्यु भएको छ तर पहिचान भने खुल्न सकेको छैन । विराटनगर महानगरपालिकामा तोडफोड तथा आगजनी गर्नेहरुको भिडियो समेत सार्वजनिक भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गरेको प्रारम्भिक विवरण अनुसार विराटनगर र मोरङमा २० सरकारी र ६ निजी गरी २६ संरचनामा क्षति पुगेको छ । सरकारी तवरबाट क्षति विवरण संकलन गर्ने काम शुरू भइसकेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अवस्था बिस्तारै सामान्य बन्दै गएको र सरकारी सेवा सूचारु गर्ने विषयमा समेत छलफल भएको बताएका छन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठक समेत भई सकेको छ ।

आगजनीबाट ध्वस्त भएका कार्यालय पुनः सञ्चालनमा ल्याउन पहिलो चुनौती भएको र आफूहरुको ध्यान त्यसमै रहेको यादवले बताएका छन् । सबै सरकारी कार्यालयमा तोडफोड र आगजनीको क्षति सम्बन्धी मुचुल्का तयार गर्ने काम भइरहेको उनले बताए । तोडफोड र आगजनीमा संलग्नहरुलाई कारवाही गर्न नागरिकस्तरबाट समेत माग उठ्न थालेको छ ।

माओवादीका स्थानीय नेता ताजिम अन्सारीले दिए यस्तो स्पष्टीकरण

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka