Premier Cables
Premier Steel

विराटनगर

फाट्टफुट्ट खुल्न थाले विराटनगरका पसल (फोटो )

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २७, २०८२  | अपराह्न १:१८ बजे
Hamro Biratnagar Headlines

विराटनगर। देशभर फैलिएको जेनजी आन्दोलनका कारण जारी निषेधाज्ञा र कर्फ्युका बीच विराटनगरको बजार बिस्तारै खुल्न थालेको छ।

मुख्य सडक क्षेत्रका केही पसलहरू खुले पनि बजारमा ग्राहकको चहलपहल न्यून देखिएको छ।

बिज्ञापन

स्थानीय व्यापारीहरूका अनुसार, दशैं नजिकिँदै गर्दा यो व्यापार गर्ने मुख्य सिजन हो। तर बन्दका कारण ठूलो नोक्सानी हुन थालेपछि जोखिम मोलेरै पसल खोल्न थालेका हुन्। “दशैंको बेलामा व्यापार गर्ने समय हो, लगातार बन्द हुँदा ठूलो घाटा भयो,” एक व्यापारीले बताए।

यद्यपि, विराटनगरमा हाल पनि प्रशासनद्वारा निषेधाज्ञा जारी छ। सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेकोले बजारको गतिविधि सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्ने अनुमान गरिएको छ।

यसैबीच, आन्दोलनको असर भारत–नेपाल सीमामा पनि देखिएको छ। सीमावर्ती भारतीय बजार जोगवनीमा नेपाली ग्राहकको अभावले बजार सुनसान बनेको छ।

सामान्यतः दशैं नजिकिँदा नेपाली उपभोक्ताले जोगवनीमा किनमेल गर्ने गर्दथे। तर यसपटक नेपाली नपुगेपछि व्यापार ठप्पजस्तै भएको स्थानीय व्यापारीहरू बताउँछन्।

“अहिलेसम्म दशैं अगाडि यस्तो सुनसान बजार देखिएको थिएन,” जोगवनीका एक व्यापारीले भने।

जेनजी आन्दोलनको कारण उत्पन्न भएको असहज परिस्थितिले सीमा व्यापार मात्र नभई आन्तरिक व्यापार र उपभोक्ता प्रवाहमा समेत ठूलो असर पारिरहेको छ।

Oplus_16908288

Oplus_16908288

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka