Premier Cables
Premier Steel

समाचार

जेनजी आन्दाेलनका मृतकलाई शहीद घोषणा गरिने, असोज १ गते देशभर शाेक बिदा

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ३०, २०८२  | साँझ ७:२५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । सरकारले असोज १ गते शोक दिवसको रूपमा मनाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि गृहमन्त्री तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सार्वजनिक बिदासहित शोक दिवस मनाउने जानकारी दिएका हुन्।

बैठकले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकलाई शहीद घोषणा गर्ने, उनीहरूलाई राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गर्ने र राष्ट्रिय सम्मानसहित श्रद्धाञ्जली दिने निर्णय गरेको छ।

मन्त्री अर्यालका अनुसार उक्त आन्दोलनमा देशभर ७२ जनाको ज्यान गएको छ भने २ हजार ३१६ जना घाइते भएका छन्। हाल पनि विभिन्न अस्पतालहरूमा २८३ जना उपचाररत छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka