Premier Cables
Premier Steel

राजनीति

प्रतिनिधिसभा विघटन फिर्ता लिन आठ दलको माग, संसद् बैठक तत्काल बोलाउन आग्रह

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २८, २०८२  | साँझ ७:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आठ राजनीतिक दलका नेताहरूले प्रतिनिधिसभा विघटनको निर्णय तत्काल फिर्ता लिनुपर्ने र संसद् बैठक बोलाउन माग गरेका छन्।

शनिबार (भदौ २८) एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले अलोकतान्त्रिक र असंवैधानिक रूपमा संसद् छलेर सरकारले प्रतिनिधिसभा विघटन गरेको भन्दै कडा आपत्ति जनाएका छन्।

बिज्ञापन

नेताहरूले आन्दोलनरत समूहहरूको मागलाई जननिर्वाचित संस्थाबाटै सम्बोधन गर्नु पर्नेमा जोड दिँदै, संविधान र लोकतन्त्रविपरीतका कदम कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्।

“नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र र संविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विपरीतका कदमलाई कुनै पनि मूल्यमा स्वीकार गर्न सकिँदैन,” विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा प्रतिनिधिसभा विघटन नेपालको संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतको नजिर र संवैधानिक परम्पराको उल्लङ्घन भएको ठहर गरिएको छ।

विज्ञप्तिमा हस्ताक्षर गर्ने दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka