Premier Cables
Premier Steel

अर्थ

व्यवसायिक क्षेत्र आक्रमणप्रति उद्योगीको प्रतिक्रिया:‘नयाँ नेपालको सपना अझ जीवित छ’

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २७, २०८२  | अपराह्न १२:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । देशमा निजी क्षेत्रमाथि हालै भएका आक्रमणहरूले उद्योगी तथा व्यवसायीहरूलाई ठूलो मानसिक र आर्थिक असर पारेको छ।

यस्तै घटनाप्रति उद्योगी शेखर गोल्छाले प्रतिक्रिया दिँदै भनेका छन्, “केही व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो, तर म र मेरो परिवार निराश वा विचलित भएका छैनौं।”

बिज्ञापन

गोल्छाले सामाजिक सञ्जालमार्फत देशमा सकारात्मक परिवर्तन ल्याउने नयाँ पुस्ताको सपनालाई अझै पनि जीवित राख्ने अठोट व्यक्त गरेका छन्।

उनले भने, “आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझ सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध छौं।”

गोल्छाले देशमा बढ्दो हिंसा र असहिष्णुता अन्त्य गरी अन्धकार पछिको उज्यालोले सबै नेपालीलाई सद्भाव र एकताको दिशामा अघि बढाउन आग्रह गरे।

यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रमा भएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनका अनुसार, पछिल्लो आन्दोलनका क्रममा व्यवसायिक संरचनाहरूमा आगजनी र तोडफोड हुँदा निजी क्षेत्रले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।

ढकालले भने, “प्रदर्शनकारीले आइएमई ग्रुपले प्रवर्द्धन गरेका केबुलकारमा आगजनी गरे, चौधरी ग्रुप र हिल्टन होटलजस्ता महत्वपूर्ण व्यवसायिक प्रतिष्ठानहरूमा समेत क्षति पुर्‍याइयो।”
उनले यस्तो कार्यले लगानी वातावरणमाथि गम्भीर असर पार्ने चेतावनी दिएका छन्।

महासंघले सरकारसँग यस्ता हिंसात्मक घटनाहरूको छानबिन गर्न, दोषीमाथि कारबाही गर्न र निजी क्षेत्रको सुरक्षाका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

धेरैलाई रोजगारी दिएको भाटभटेनी सुपरमार्केटका देशभरिका स्टोरमा पनि तोडफोड र आगजनी भएको छ । संचालका मीन बहादुर गुरुङले यो संकटबाट फेरि उठ्ने विश्वास व्यक्त गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka