Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको महेन्द्र चौक र सिडियो कार्यालय नजिकै भोलि जेनजीको विरोध प्रदर्शन

Calendar आइतबार, भाद्र २२, २०८२  | राती ८:२६ बजे

विराटनगर । जेनजी सम्वद्ध युवाले सामाजिक सञ्जाल बन्दको विरोधमा विराटनगरमा पनि प्रदर्शन गर्ने भएका छन् । महेन्द्र चोकमा दिउँसो भेला भएर उनीहरुले शान्तिपूर्ण प्रदर्शन गर्ने भएका हुन ।

यसका लागि विभिन्न सोसियल प्लेटफर्ममार्फत युवाले सार्वजनिक आह्वान गरेका छन् । सरकारलाई खबरदारी गर्न युवाहरुले भोलि काठमाडौमा पनि प्रदर्शन गर्दै छन् ।

बिज्ञापन

विराटनगरमा हातमा एउटा पुस्तक बोकेर र आफ्नो लागि चाहिने पम्पलेट बोकेर उपस्थित आह्वान गरिएको छ । विराटनगरमा एकदेखि दुई घण्टासम्म प्रदर्शन गर्ने तयारी भएको जनाइएको छ ।

बिहान ११ बजे जिल्ला प्रशासन छेउमा पनि प्रदर्शन गरिने भएकाे छ ।

जनजी आन्दाेलन राजनीतिक रुपमा गर्न लागिएकाे भन्दै प्रधानमन्त्री केपी ओलीले आज टिप्पणी गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka