Premier Cables

कोशी प्रदेश

बाढी-पहिरो प्रभावित क्षेत्रमा सक्रिय बन्यो कोशी सरकार, मन्त्रीहरु फिल्डमा खटिए

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २०, २०८२  | बिहान ११:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारले हालको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउँदै स्रोत–साधनहरू अधिकतम प्रयोगमा ल्याएको जनाएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना इलाममै रहँदै उद्धार र राहतमा संलग्न हुनुहुन्छ भने अन्य मन्त्रीहरू पनि आ-आफ्ना जिल्लामा गएर प्रत्यक्ष रूपमा उद्धार कार्यमा सहभागी भएका छन्, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।

विज्ञापन

मुख्यमन्त्री हिक्मत कुमार कार्कीका अनुसार सबै मन्त्रीहरू फिल्डमै रहेर काम गरिरहेका छन्। उनले भौतिक पूर्वाधार मन्त्रालयमार्फत अवरुद्ध सडक तथा बाटाहरू खुलाउन प्रदेशका १४ पूर्वाधार कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रमुख जिल्ला अधिकारी तथा स्थानीय सुरक्षा निकायहरूसँग सहकार्य गर्दै समन्वयात्मक रूपमा उद्धार कार्य सञ्चालन गरिरहेको छ। सो मन्त्रालयका मन्त्री रेवती रमण भण्डारीका अनुसार उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र स्रोतहरू परिचालनमा ल्याइएको छ।

“हामी सबै मन्त्रीहरू फिल्डमै रही जनताको सुरक्षाका लागि काम गरिरहेका छौं,” मन्त्री भण्डारीले भने । उनका अनुसार केही दिनअघि प्रदेश सरकारले सुरक्षा निकायहरूलाई लाइफ ज्याकेट, डुङ्गा लगायतका विपद् उद्धार सामग्री वितरण गरेको थियो, जसले हालको उद्धार कार्य सहज बनाएको छ। लगभग दुई करोड रुपैयाँ बराबरका ती सामग्री यसै वर्ष वितरण गरिएको उहाँले जानकारी दिए ।

साथै, कोशी प्रदेश सरकारले देशमै पहिलो पटक डिजिटल जोखिम नक्सा तयार पारी उच्च जोखिम भएका क्षेत्रको विवरण सबै स्थानीय तहमा उपलब्ध गराइसकेको मन्त्री भण्डारीले बताए। उनका अनुसार यो नक्सा विपद् व्यवस्थापनका लागि महत्वपूर्ण आधार बनेको छ।

हालैको आन्दोलनका क्रममा केही राहत सामग्री नष्ट भए पनि त्यसको पूर्तिका लागि नयाँ सामग्री वितरणको प्रयास भइरहेको मन्त्री भण्डारीले बताए।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थानीय तहहरूसँगको सहकार्यलाई अझ सुदृढ गर्दै पूर्ण रूपमा उद्धार तथा राहतमा केन्द्रित रहेको स्पष्ट गरे । उनले विगत वर्षहरूपेक्षा यस वर्षको उद्धार प्रयास अझ प्रभावकारी भएको उल्लेख गरे।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka