२०८२ जेठ १४, बुधबार
Premier Cables

कोशी प्रदेश

गणतन्त्र दिवसमा काेसी सरकारकाे कन्सर्ट, चर्चित कलाकार विराटनगर आउँदै

Calendar मंगलबार, जेठ १३, २०८२  | साँझ ६:५० बजे

विराटनगर । कोसी प्रदेश सरकारले कन्सर्ट आयोजना गरी गणतन्त्र दिवस मनाउने भएको छ । जेठ १५ गते दिवस मनाउने विभिन्न तयारी गरिएको बताइएको छ । गणतन्त्र दिवसको अवसरमा विराटनगरमा कलाकारहरुलाई ल्याएर कन्सर्ट गरिने छ ।

बिज्ञापन

महेन्द्र चौकमा अपरान्ह ३ बजे आयोजना गर्ने कन्सर्टमा गायिकाहरु रचना रिमाल, गंगा गौतम, अञ्जु गौतम, सृष्टि हिङ्माङ र गायक सुमित खड्काको प्रस्तुति रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । यस्तै कार्यक्रममा नेपाल प्रहरीको ब्याण्डको पनि प्रस्तुति दिने छ । राष्ट्रिय भावनाले ओतप्रोत भएका गितहरुको प्रस्तुति कन्सर्टमा हुने मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइँटेलले बताए ।

बिज्ञापन

गणतन्त्र दिवसकै अवसरमा जेठ १४ गते संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि, अवसर संभावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको मुल समारोह समितिले जनाएको छ । कार्यक्रममा नेकपा एमालेका प्रदीप ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्ने छन् । यसैगरी कांंग्रेसका नेता डा. मिनेन्द्र रिजाल र नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले टिप्पणी गर्ने छन् ।

मुख्यमन्त्रीको अध्यक्षतामा रहेको गणतन्त्र दिवस प्रदेशस्तरीय मुल समारोह समितिले जेठ १५ गते रोडषेश चोकबाट महेन्द्र चौकसम्म प्रभातफेरी गर्ने छ । सोही दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पत्रकार सम्मान तथा निबन्ध प्रतियोगिताका विजेतालाई सम्मान गर्ने छ । अपरान्ह कन्सर्ट आयोजना गर्ने तय गरेको छ । यसअघिका गणतन्त्र दिवसमा जस्तो दिपावली गर्ने, सरसफाइ गर्ने, गणतन्त्रको उपलब्धिबारे छलफल गर्ने जस्ता कार्यक्रम भने नहुने भएका छन् ।

संविधान दिवसको अवसरमा गत असोज ३ गते संघीय सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा काठमाडौंको दरबारमार्गमा कन्सर्ट आयोजना गरेको थियो । काठमाडौंमा गणतन्त्र दिवसकै दिन राजावादीहरुले रातन्त्र फिर्ता गर्ने आन्दोलन सुरु गर्ने बताउँदै आएका छन् ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो
Advertisement