Premier Cables
Premier Steel

अर्थ विराटनगर

प्रिमियर वायर्सलाई भारतीय मानक ब्यूरोको गुणस्तर चिन्ह प्रदान

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १९, २०८२  | बिहान ११:०९ बजे
Hamro Biratnagar Headlines

विराटनगर। प्रिमियर वायर्सले भारतीय मानक ब्यूरो(बीआईएस)बाट गुणस्तर चिन्ह प्राप्त गरेको छ। सारडा समूहद्वारा सञ्चालित मोरङको बुढीगंगा गाउँपालिकामा रहेको उद्योगमा उत्पादन हुने प्रिमियर वायर्सले ब्यूरोबाट गुणस्तर चिन्ह प्राप्त गरेको हो। 

ब्यूरोले अगस्त २९ तारिखमा प्रिमियर वायर्सलाई पत्र लेख्दै कम्पनीले उत्पादन गर्ने पिभिसी सहितको लचिलो र कडा कन्डक्टर भएको सिटेड र अनसिटेड ११०० भोल्टेज सम्म क्षमता भएको घर तथा कलकारखानामा प्रयोग हुने केवललाई गुणस्तर चिन्ह प्रदान गरेको उल्लेख गरेको छ। ब्यूरोले भारतीय मापदण्ड(आईएस) ६९४:२०१० को प्रावधान अन्तर्गत गुणस्तर चिन्ह प्रदान गरेको हो।

बिज्ञापन

कम्पनीका ब्रान्ड म्यानेजर कृष्ण साहले नेपालमा उक्त गुणस्तर चेकजाँच गर्ने व्यवस्था नभएकोले भारतबाट केबलको गुणस्तर जाँच गराइएको जानकारी दिनु भयो। साहले भारतीय मानक ब्यूरोबाट गुणस्तर चिन्ह प्राप्त गर्नुले नेपालका उत्पादनहरू समेत विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम रहेको प्रमाणित भएको बताउनु भयो । 

विगत २५ वर्ष देखि विभिन्न प्रकारका तार तथा कन्डक्टरको उत्पादन गर्दै आएको प्रिमियर वायर्सले हाल एसि.एस.आर कन्डक्टर, पावर केवल, टेलिफोन केवल, कन्ट्रोल, वेल्डेड मेस जस्ता घर, उद्योग, अस्पताल, चार्चिङ्ग स्टेसन र कृषिजस्ता क्षेत्रमा प्रयोग हुने केवलहरू उत्पादन गर्दै आएको छ। नेपालमा हाल एसि.एस.आर मुस कन्डक्टर उत्पादन गर्ने प्रिमियर वायर्स एक मात्र कम्पनी हो भने छिट्टै हाइ टेन्सन पावर केवल समेत उत्पादन गर्ने तयारी गरिरहेको छ।

प्रिमियर वायर्सले यस अघि नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर (एनएस) ३४४ प्रमाणपत्र, अन्तर्राष्ट्रिय मापदण्ड संगठनबाट (आएसओ) आइएसओ ९००१:२०१५ प्रमाणपत्र र भारतीय गुणवत्ता परिषद् अन्तर्गतको राष्ट्रीय प्रत्यायन बोर्ड(एनएबिसिबि)बाट समेत गुणस्तर चिन्ह प्राप्त गरिसकेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka