Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

बन्दे भारत ट्रेन जोगबनीबाट संचालन गर्न भारतीय रेल मन्त्रालयको अनुमति

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १९, २०८२  | बिहान ९:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पूर्णियासम्म मात्र आउने भनेको बन्दे भारत विराटनगर सीमाको जोगबनी रेल्वे स्टेशनसम्म आउने भएको छ ।

बिहार अररियाका सांसद प्रदीपकुमार सिंहले बन्देभारत जोगबनीबाट संचालन गर्न केन्द्रीय रेल मन्त्रालयले स्वीकृति दिएको जानकारी दिएका छन् ।

बिज्ञापन

उनले भने,‘‘जोगबनी नेपाल भारतको सिमा हो, अररिया जिल्लासहित धेरै यात्रुहरु यसबाट लाभान्वित हुने छन् ।’’

पूर्णियाबाट मात्र चल्ने भनिएको बन्दे भारत जोगबनी हुँदै चल्ने र अररिया तथा फारबेजगञ्ज दुई दुई मिनेट रोकिने रेल मन्त्रालयका अधिकारीहरुले जानकारी गराएको सांसद सिंहले बताए ।

बन्दे भारत स्वदेशमै निर्माण भएको द्रूत गतिको फुल एसी रेल सेवा हो । यो रेल्वे जोगबनीदेखि पटनासम्म संचालन हुने बताइएको छ ।

जोगबनीबाट नयाँ दिल्ली, कलकत्ता र दक्षिण भारतका लागि समेत रेल संचालन हुँदै आएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa