शिक्षा
शिक्षा विधेयकको विरोधः निजी विद्यालय भदौ २४ र २५ गते बन्द
नोट: यो समाचार ३ महिना अघिको हो
फाइल तस्बिर
काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनरत निजी विद्यालयहरूले आगामी भदौ २४ र २५ गते विद्यालय बन्द गर्ने तयारी गरेका छन्। नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेका अनुसार सो दिन काठमाडौं ठप्प पार्नेगरी आन्दोलन कार्यक्रम गरिनेछ।
यसअघि, प्याब्सन, नेसनल प्याब्सन, हिसान, एपेन र एनएमएलगायतका संगठनहरूले भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए। तर, अन्तिम समयमा निर्णय फिर्ता लिँदै पठनपाठनलाई अवरोध नपुर्याइएको थियो।
बिज्ञापन
निजी विद्यालयहरूले शिक्षा विधेयक संशोधनको माग गर्दै पाँचबुँदे माग अघि सारेका छन्। उनीहरूले ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाउनुपर्ने, पोसाक, स्टेशनरी र खाजा जस्ता सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, साथै कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने व्यवस्था हटाउनुपर्ने अडान लिएका छन्।
भदौ १९ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने कार्यक्रमसहित उनीहरूले सबै जिल्ला सदरमुकाममा खबरदारी सभा आयोजना गर्ने र काठमाडौंमा निर्णायक आन्दोलन तयारीसम्बन्धी तालिम सञ्चालन गर्ने जनाएको छ।
Bagmati

- प्याब्सन स्पोर्ट्स मिटको उपाधि एभरेष्ट र सिद्धार्थ स्कुलले हात जिते
- हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णय बदर
- जेनजी सहिदलाई सुशासन योद्धाको उपाधि, जिल्ला प्रशासनमा नाम राखिने
- छैटौं कारोबार दिन पनि घट्यो सेयर बजार
- फेरि बढ्यो अन्डाको मूल्य
- रिलायन्स स्पिनिङ मिल्सको आईपिओ खुल्यो
- नख्खु जेलबाट भागेका भारतीय कैदी विराटनगरमा पक्राउ
- इन्डिगोका ४५० उडान आज पनि रद्ध
- दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा जिल्ला प्रशासन मोरङ अगाडि धर्ना
- एनपीएल-२ समूह चरण सकियो, यस्तो छ अंक तालिकाको स्थिति









