Premier Cables
Premier Steel

शिक्षा

शिक्षा विधेयकको विरोधः निजी विद्यालय भदौ २४ र २५ गते बन्द

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १८, २०८२  | राती ८:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनरत निजी विद्यालयहरूले आगामी भदौ २४ र २५ गते विद्यालय बन्द गर्ने तयारी गरेका छन्। नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेका अनुसार सो दिन काठमाडौं ठप्प पार्नेगरी आन्दोलन कार्यक्रम गरिनेछ।

यसअघि, प्याब्सन, नेसनल प्याब्सन, हिसान, एपेन र एनएमएलगायतका संगठनहरूले भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए। तर, अन्तिम समयमा निर्णय फिर्ता लिँदै पठनपाठनलाई अवरोध नपुर्‍याइएको थियो।

बिज्ञापन

निजी विद्यालयहरूले शिक्षा विधेयक संशोधनको माग गर्दै पाँचबुँदे माग अघि सारेका छन्। उनीहरूले ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाउनुपर्ने, पोसाक, स्टेशनरी र खाजा जस्ता सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, साथै कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने व्यवस्था हटाउनुपर्ने अडान लिएका छन्।

भदौ १९ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने कार्यक्रमसहित उनीहरूले सबै जिल्ला सदरमुकाममा खबरदारी सभा आयोजना गर्ने र काठमाडौंमा निर्णायक आन्दोलन तयारीसम्बन्धी तालिम सञ्चालन गर्ने जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka