Premier Cables
Premier Steel

समाचार

भारत–पाक तनावको प्रभाव– सिंहदरवारमा सुरक्षा परिषद बैठक

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख २४, २०८२  | साँझ ५:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

भारत र पाकिस्तानमा तनाव चर्किएपछि प्रधानमन्त्री केपी ओलीले सुरक्षा परिषद्को बैठक राखेका छन्। सिंहदरवारमा सुरक्षा परिषद्को बैठक अहिले बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, मुख्य सचिव एकनारायण अर्याल, नेपाल सेना रथी निर्मलकुमार थापा, जनपथ प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा सहभागी छन्।

बिज्ञापन

भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि खुला सीमाना भएका कारणले सरकारले बेलैमा सतर्कता अपाउनुपर्ने आवाज सांसदहरुले सदनमा उठाएका थिए।

केन्द्रीय सुरक्षा समितिको बैठकपछि सीमा क्षेत्रमा थप कडाई गरिएको छ । सशस्त्र प्रहरीलाई सीमा नाकाको आवतजावतमा कडाइ गर्ने जिम्मा दिइएको छ । सबै युनिटहरुलाई हाइ अलर्टमा राखिएको गृह मन्त्रालयले जनाएको छ ।

पहलगाम आतंकवादी हमलापछि कतिपय संदिग्ध व्यक्ति नेपाल भित्रिन नदिन भारतले समेत नेपालको सुरक्षा निकायलाई सहयोगको आग्रह गरेको बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka