Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

दिल्लीमा यमुना नदीको जलस्तर खतरा सतह नाघ्यो, तल्लो क्षेत्रहरूमा बाढीको उच्च जोखिम

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १७, २०८२  | अपराह्न १२:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

दिल्ली । भारतको राजधानी दिल्लीमा यमुना नदीको जलस्तर खतराको चिन्ह पार गर्दै उच्च बाढीको सम्भावना देखिएको छ। यमुना नदी लगातार उर्लंदै जाँदा तल्लो भूभागमा बसोबास गर्नेहरू जोखिममा परेका छन्।

मंगलबार बिहान यमुना नदीको जलस्तर पुरानो रेलवे पुलमा २०५.८० मिटर पुगेको छ, जुन खतराको सतह २०५.३३ मिटरभन्दा माथि हो। जलस्तर अझै बढ्ने अनुमान गरिएको छ।

बिज्ञापन

इन्डीया टिभीको अनलाइन संस्करणले उल्लेख गरेअनुसार साँझसम्म जलस्तर २०६ मिटर पुग्न सक्ने अनुमान गरिएको छ ।

भारतीय अधिकारीहरूका अनुसार, हरियाणाको हथिनीकुण्ड बाँधबाट १.७६ लाख क्युसेक, वजीराबादबाट ६९,२१० क्युसेक र ओखलाबाट ७३,६१९ क्युसेक पानी यमुना नदीमा छाडिएको छ।
हरियाणाबाट रेकर्ड मात्रामा पानी आइरहेकाले बाढीको खतरा थप चुलिएको बताइएको छ। जलस्तर मंगलबार साँझसम्म २०६ मिटर पुग्ने अनुमान गरिएको छ।

बाढीको जोखिम बढ्दै जाँदा दिल्ली सरकार सतर्क भएको छ। मुख्यमन्त्री रेखा गुप्ताले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकार पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएकी छन्।

यमुना नदी वरपरका डुबान क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सुरक्षित स्थानमा सार्न अधिकारीहरूले निर्देशन दिएका छन्। सुरक्षाकर्मी तथा राहत टोलीहरूलाई तयारी अवस्थामा राखिएको छ।

बाढी प्रभावित हुन सक्ने क्षेत्रहरू

यमुना किनार आसपासका बस्तीहरू

पुरानो दिल्लीका तल्लो भूभाग

ओखला, वजीराबाद, आईटीओ आसपासका क्षेत्रहरू

सरकारले नागरिकलाई आवश्यकता नपरी नदी नजिक नजान तथा सरकारी सूचना पालना गर्न आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa