Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar शुक्रबार, बैशाख २६, २०८२  | बिहान ११:०३ बजे

भारतीय अधिकारीहरूले पाकिस्तानले भारत र भारतको कश्मीर क्षेत्रका सैनिक ठेगानाहरूमा मिसाइल र ड्रोन प्रहार गरेको बताएका छन् ।

तर पाकिस्तानले भने यसलाई अस्वीकार गर्दै भारतमाथि झुटो सूचना फैलाएको आरोप लगाएको सीएनएनले जनाएको छ ।

बिज्ञापन

भारतको स्थानीय प्रहरी अधिकारीहरूका अनुसार पाकिस्तानको आक्रमणका कारण पञ्जाब, कश्मीर र राजस्थानका धेरै स्थानहरूमा ब्ल्याकआउट गरिएको छ । स्थानीय जनताहरूले डर र चिन्ता व्यक्त गरेका छन् ।

विस्फोट र ब्ल्याकआउट

भारतीय सेनाका प्रवक्ताले सीएनएनलाई बताएअनुसार भारत–नियन्त्रित कश्मीरको जम्मू सहरमा विस्फोट सुनिएको र त्यस क्षेत्रमा ब्ल्याकआउट गरिएको छ । पत्रकार र स्थानीय जनताहरूले सहरमा आतंक र तनावको अवस्था देखिएको बताएका छन् ।

पञ्जाबको पठानकोटमा पनि प्रहरीले विस्फोटको रिपोर्ट प्राप्त गरेको बताएको छ । अधिकारीहरूले दुवै स्थानमा हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको बताएको समाचारमा जनाइएको छ ।

पाकिस्तानले सैनिक मारेको दाबी

पाकिस्तानको सूचना मन्त्रालयका अनुसार भारत–प्रशासित कश्मीरको वास्तविक सीमामा ४०–५० जना भारतीय सैनिक मारिएको दाबी गरेको छ । सीएनएनले यो दाबीको पुष्टि गर्न नसकेको र यसमा भारतीय रक्षा मन्त्रालयको प्रतिक्रिया मागेको छ ।

ड्रोन नष्ट गरेको दाबी

पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफ चौधरीले २९ वटा भारतीय ड्रोनहरु नष्ट गरेको बताए । उनले ड्रोन हमलामा तीन जनाको मृत्यु र चारजना घाइते भएको पनि जनाए ।

पाकिस्तानमाथि भारतको आरोप

अमेरिकाका लागि भारतका राजदूत विनय क्वात्राले सीएनएनलाई भने, “गत बुधवार भारतले पाकिस्तानमा गरेको हमला अन्तिम द्वन्द्व मानेको र यसले तनाव अन्त्य गर्ने लक्ष्य राखेकोमा पाकिस्तानले तनाव बढाएको र भारतले आतंकवादी संरचनामा मात्र लक्षित गरेको छ ।”

कम्तीमा एक जेट नष्ट

अमेरिकी एक वरिष्ठ अधिकारी अनुसार भारतले पाकिस्तानी क्षेत्रमा गरेको हवाई हमलामा पाकिस्तानी सेनाले एक भारतीय जेट नष्ट गरेको छ । पाकिस्तानले फ्रान्स निर्मित तीनसहित पाँचवटा भारतीय युद्धक विमान नष्ट गरेको दाबी गरेको थियो । भारतले यसको प्रतिक्रिया दिएको छैन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka