Premier Cables

विराटनगर

राधाकृष्ण रथयात्रा : शंकास्पद गतिविधि गर्ने पाँच जना पक्राउ

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०१, २०८२  | अपराह्न १:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी भइरहँदा शंकास्पद गतिविधिमा संलग्न रहेका पाँच जना व्यक्तिलाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको छ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पक्राउ पर्नेमा २ महिला र ३ पुरुष छन्, जसको सबैजना भारतीय नागरिक हुन्। उनीहरूलाई विराटनगरको सेन्ट्रल मल नजिकबाट ३ जना र महेन्द्रचोकबाट २ जनालाई नियन्त्रणमा लिइएको हो।

विज्ञापन

“रथयात्राको भीडमा चोरी वा पकेटमारी गर्न आएका हुनसक्ने आशंका छ,” प्रहरी स्रोतले जनाएको छ। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर सोधपुछ भइरहेको छ।

रथयात्रालाई लक्षित गर्दै विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। ड्रोन, सीसीटीभी जस्ता प्रविधिको प्रयोग गरी निगरानी बढाइएको र सादा पोसाकसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी चुँडालले जानकारी दिइन्।

सुरक्षा निकायले श्रद्धालुहरूलाई रथयात्रामा सहभागी हुँदा बहुमूल्य गरगहना नलगाउन र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी दिन अनुरोध गरेको छ।

रथयात्राको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो संख्यामा तैनाथी गरिएको प्रशासनले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka