Premier Cables
Premier Steel

समाचार

बालेनले डोजर चलाएपछि सुकुम्बासी बस्तीमा झडप

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ३०, २०८२  | अपराह्न ३:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा किनारको सुकुम्बासी बस्तीमा डोजर चलाएपछि स्थानीय र नगर प्रहरीबीच झडप भएको छ। घर टहरा हटाउन गएको महानगरको टोलीमाथि आक्रोशित स्थानीयहरूले ढुंगा प्रहार गरेका छन्।

काठमाडौं महानगरपालिकाको नगर प्रहरी र सुरक्षाका लागि साथमा गएको नेपाल प्रहरीको टोलीमाथि समेत ढुंगा मुढा गरिएको हो। आक्रोशित भिडले डोजरमा समेत तोडफोड गरेका छन्।

बिज्ञापन

महानगरको नगर प्रहरी टोलीले निजी जग्गामा अवैध रूपमा निर्माण गरिएका नयाँ संरचना हटाउन डोजर प्रयोग गरेको थियो। यसै क्रममा सुकुम्बासी र प्रहरीबीच तनावपूर्ण अवस्था सिर्जना भएको हो।

महानगरले साउन ८ गते सार्वजनिक सूचना जारी गर्दै ती संरचनाहरू हटाउन ७ दिनको समय दिएको थियो। तोकिएको समयसीमा नपुगेपछि सोमबार डोजर प्रयोग गरिएको हो।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीको थप टोली परिचालन गरिएको छ। घटनास्थलमा हाल तनावयुक्त शान्ति कायम गरिएको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa