Premier Cables
Premier Steel

विराटनगर

विराटनगर बाल सुधार गृहमा झडप, एक प्रहरी घाइते

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २८, २०८२  | अपराह्न २:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर–३ मा अवस्थित बाल सुधार गृहमा आज दिउँसो दुई बालक समूहबीच भएको झडपमा एक प्रहरी घाइते भएका छन्।

झडप नियन्त्रणका क्रममा वरिष्ठ प्रहरी हवल्दार हिरन कुमार मण्डल घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी नारायण प्रसाद चिमरियाले जानकारी दिएका छन्।

बिज्ञापन

उनका अनुसार झडपपछि अवस्था नियन्त्रणमा ल्याइएको छ। “दुई समूहबीच विवाद भएको देखिन्छ,” चिमरियाले भने, “हाल सुधार गृहमा रहेका बालकहरूलाई सुरक्षित रूपमा भित्र राखिएको छ।”

सामान्यतया ५० जनाको क्षमताको सुधार गृहमा हाल २ सयभन्दा बढी बालकहरू राखिएका कारण व्यवस्थापनमा समस्या देखिएको छ।

अदालतबाट विभिन्न अपराधमा दोषी ठहर भई सुधारका लागि पठाइएका १८ वर्ष मुनिका बालबालिकालाई यस्तो सुधार गृहमा राखिने गरिन्छ। भीडभाडका कारण सुरक्षा र व्यवस्थापनमा चुनौती बढिरहेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka