२०८२ जेठ ११, आइतबार
Premier Cables

विराटनगर

मोरङको धनपालथानमा विवाह झडप : पाँच जना घाइते, जन्तीलाई प्रहरी स्कर्टिङमा घर पठाइयो

Hamro Biratnagar Calendar शनिबार, जेठ १०, २०८२  | 9:14 PM

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा एउटा विवाह समारोहमा कुटाकुट भएको छ । धनपालथान–६ कदमहामा बिहेघरमा भएको घटनामा बेहुली र बेहुला पक्षका स्थानीयबीच कुटाकुट भएको हो । शुक्रबार रातिको यो घटनामा पाँच जना घाइते भएका छन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार स्थानीय भजनलाल सहनीको छोरीको बिहेमा शुक्रबार राति साढे बजेतिर डिजे बजाएर नाच्ने क्रममा दुबै पक्षबीच विवाद भई कुटपिट भएको थियो ।

बिज्ञापन

घटनामा परी धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएका छन् ।

घाइते हुनेहरू दुवै पक्षका छन् । घाइतेहरू उपचारपछि घर फर्किसकेका छन् । झडपका क्रममा आक्रोशित पक्षले बिहे घरका कुर्सी तोडफोड गर्दै मण्डप पनि भत्काइदिएका थियो ।

झडपका कारण बेहुली पक्षले हतारहतार बेहुली अन्माएर पठाएका थिए । राति करिब १ बजे बेलुकी लिएर विराटनगर फर्किएको जन्तीलाई प्रहरीले केही समय स्कटिङ गरेको थियो ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो