Premier Cables
Premier Steel

शेयर बजार

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २०, २०८२  | अपराह्न ३:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौ । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ४१.७८ अंक घटेर २८३३.५७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२६ अंक घटेको छ।

बिज्ञापन

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार करिब ११ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ३२५ स्टकको १ लाख ३० हजार ९५३ पटकको कारोबारमा ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँबराबरको २ करोड २२ लाख ७ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समाज लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३९ करोड २८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ट्रेड टावरको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.७६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

(माथि उल्लेखित तथ्यांक अन्तिम १५ मिनेटको भारित औषत गणना अघिको हो। औषत गणनापश्चात तथ्यांक अध्यावधिक गरिनेछ।)

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka