Premier Cables
Premier Steel

समाचार

सप्तकोशीमा पानीको बहाव बढ्दा उदयपुरको बेलका डुबानको उच्च जोखिममा

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २०, २०८२  | बिहान १०:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

उदयपुर । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रुपमा बढेसँगै उदयपुरको बेलका नगरपालिका डुबानको उच्च जोखिममा परेको छ।

बेलका नगरपालिका–२, ३, ६, ८ र ९ नम्बर वडाका सप्तकोशी आसपासका बस्तीमा नदी कटानको खतरा बढ्दै गएको उपप्रमुख जिरा राईले बताइन्। ती क्षेत्रका गाउँहरूमा बाढी तथा डुबानको सम्भावना देखिएको उनको भनाइ छ।

बिज्ञापन

नदीको बहाव अझै बढेमा गाउँ कटान हुनसक्ने भन्दै उदयपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेमप्रसाद लुइँटेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत अवलोकन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले बेलकाको सप्तकोशी कटान प्रभावित क्षेत्रको अवलोकन गरी जानकारी लिइएको बताए। उनले स्थानीयवासीलाई सतर्क रहन र सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा बस्न आग्रह गरे।

बेलका नगरपालिका अन्तर्गतको कोठु, डुम्रीबोट, सिसौलीलगायत स्थानमा कोशीको पानी किनार नाघेर बाहिर आउन थालेको भन्दै जिल्ला प्रशासनले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक हरिहरनाथ योगीले सम्भावित विपद्‌को अवस्थामा उद्धार तथा राहत कार्यका लागि सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको बताए।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए। नगरप्रमुख अशोक कार्कीले जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूको टोलीले स्थलगत निरीक्षण गरी आवश्यक पूर्वतयारी सुरु गरिसकेको बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka