सप्तकोसीमा पानीको वहाब पाँच लाख ३३ हजार ५४० क्युसेक
नोट: यो समाचार ४ महिना अघिको हो
आइतबार, असोज १९, २०८२ |
साँझ ६:०२ बजे
विराटनगर । देशभरि निरन्तर वर्षाका कारण विभिन्न स्थानमा क्षति भएको छ । हालसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन्, जसमा सबैभन्दा बढी मृत्यु कोसी प्रदेशका जिल्लामा भएको छ ।
सप्तकोसी नदीमा पानीको बहाब निरन्तर बढिरहेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार, आइतबार साँझ ४ बजे सम्ममा सप्तरी–सुनसरी सिमानामा रहेको कोसी ब्यारेजमा पानीको बहाब पाँच लाख ३३ हजार ५४० क्युसेक पुगेको छ । खतराको तह नाघेपछि ब्यारेजका सबै ५६ ढोका खोलिएको उनले जानकारी दिएका छन् ।
पानीको स्तर बढेसँगै त्यहाँ अत्यधिक जाम भएको छ । अहिले साना सवारीसाधन, तीनपांग्रे, मोटरसाइकल तथा आपतकालीन सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ भने ठूला सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ ।