Premier Cables
Premier Steel

समाचार

सप्तकोसीमा पानीको वहाब पाँच लाख ३३ हजार ५४० क्युसेक

नोट: यो समाचार १ महिना अघिको हो

Calendar आइतबार, असोज १९, २०८२  | साँझ ६:०२ बजे

विराटनगर ।‌ देशभरि निरन्तर वर्षाका कारण विभिन्न स्थानमा क्षति भएको छ । हालसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन्, जसमा सबैभन्दा बढी मृत्यु कोसी प्रदेशका जिल्लामा भएको छ ।

सप्तकोसी नदीमा पानीको बहाब निरन्तर बढिरहेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार, आइतबार साँझ ४ बजे सम्ममा सप्तरी–सुनसरी सिमानामा रहेको कोसी ब्यारेजमा पानीको बहाब पाँच लाख ३३ हजार ५४० क्युसेक पुगेको छ । खतराको तह नाघेपछि ब्यारेजका सबै ५६ ढोका खोलिएको उनले जानकारी दिएका छन् ।

बिज्ञापन

पानीको स्तर बढेसँगै त्यहाँ अत्यधिक जाम भएको छ । अहिले साना सवारीसाधन, तीनपांग्रे, मोटरसाइकल तथा आपतकालीन सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ भने ठूला सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka