Premier Cables
Premier Steel

स्वास्थ्य

धरान अस्पतालमा प्रदेश मन्त्री, बीमा प्रथम बिन्दु दिलाउने

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १९, २०८२  | साँझ ६:२३ बजे
Hamro Biratnagar Headlines

धरान । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले धरानको छाता चौकस्थित पुरानो अस्पताल भवनबाटै बिमा सेवाको प्रथम सेवा केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन्। उनले जनशक्ति, पूर्वाधार र आवश्यक उपकरणहरू प्रदेश सरकारले उपलब्ध गराउने स्पष्ट पारेका छन्।

सोमबार बिहान मन्त्री राईले उक्त अस्पताल भवनको निरीक्षण भ्रमण गरेपछि यस्तो प्रतिबद्धता जनाएका हुन्। निरीक्षणका क्रममा उनले बिमा बोर्ड कोशी प्रदेश संयोजकलाई मन्त्रालयमा बोलाई छलफल गरी अवलोकन टोली पठाइएको जानकारी दिए।

बिज्ञापन

“संघीय सरकारको निर्णयअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिमा सेवा केन्द्र हटाइएपछि धरानवासीलाई समस्या भएको छ। त्यसैले यो सेवा पुरानो अस्पतालबाट पुनः सञ्चालन गर्न प्रदेश सरकार पूर्ण सहयोग गर्न तयार छ,” मन्त्री राईले भने।

उनले बीपी प्रतिष्ठानको स्वामित्वमा रहेको अस्पतालको जग्गा पुनः धरान अस्पतालको नाममा ल्याउन पहल गर्ने प्रतिवद्धता जनाए। साथै, धरानमा नगर अस्पताल स्थापना गर्न स्थानीय सरकारले पहल गरेमा प्रदेश सरकारले आवश्यक चिकित्सक पठाउने जिम्मा लिने बताए।

मन्त्री राईका अनुसार जग्गा स्थानान्तरणका लागि संघीय मन्त्रीपरिषद्बाट निर्णय आवश्यक हुने हुँदा यस विषयमा संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग समन्वय भइरहेको छ।

निरीक्षणका क्रममा नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोख्रेलले पुरानो अस्पताल भवनलाई धरान नगर अस्पतालका रूपमा पुनः सञ्चालन गर्न कानुनी अवरोध रहेको भन्दै बीपी प्रतिष्ठानबाट जग्गा फिर्ता गराउन सहयोग गर्न आग्रह गरे। उनले बिमा सेवाको प्रथम केन्द्र असोज मसान्तपछि पनि निरन्तरता नभए समस्या हुने भन्दै आवश्यक पहल गर्न आग्रह गरे।

अस्पताल निरीक्षणमा मन्त्री राईसँग पूर्व मेयर तिलक राई, धरान–१ का वडाध्यक्ष यज्ञमणि आचार्य, उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka