Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

ब्लु ओरिजिनमा अन्तरिक्ष यात्रा गर्दा कति लाग्छ खर्च ?

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १९, २०८२  | अपराह्न १२:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसद्वारा स्थापित एयरोस्पेस तथा स्पेस टुरिजम कम्पनी ब्लु ओरिजिनले अगस्ट ३ (स्थानीय समय) मा आफ्नो अर्को अन्तरिक्ष यात्रा गराउने तयारी पूरा गरेको छ। यो उडान अमेरिकाको पश्चिमी टेक्सासबाट प्रक्षेपण हुनेछ।

यो मिसन कम्पनीको ‘न्यु शेपर्ड’ अन्तरिक्ष कार्यक्रमको ‘एनएस–३४’ संस्करण हो, जसले अहिलेसम्म ७० जना भन्दा बढीलाई अन्तरिक्ष यात्रामा पठाइसकेको छ।

बिज्ञापन

उक्त उडानमा सहभागी हुने ६ यात्रुहरूमध्ये एक भारतीय मूलका अमेरिकी नागरिक अरविन्दर ‘आर्वी’ सिंह बहल पनि छन्। उनी उत्तर प्रदेशको आग्राबाट मूल रूपमा आएका रियल स्टेट लगानीकर्ता हुन्।

यो यात्रा करिब ११ मिनेटको हुनेछ, जसमा यात्रुहरूले केही मिनेटको लागि ‘जिरो ग्राभिटी’ अनुभव गर्नेछन्। मिसनमा अन्तर्राष्ट्रिय चालक दल सामेल छन् र यो ब्लु ओरिजिनको १४औँ मानवयुक्त उडान हुनेछ भने समग्रमा ३४औँ मिसन हो।

ब्लु ओरिजिनको यो उडान केवल रोमाञ्चका लागि मात्र नभई उच्च खर्चिलो पनि मानिन्छ। यात्राको मूल्य सामान्यतया गोप्य राखिने गरिन्छ, तर केही रिपोर्टहरू अनुसार प्रति सिटको मूल्य ५ लाख डलरभन्दा बढी पर्न सक्ने अनुमान छ।

कम्पनीको वेबसाइट अनुसार बुकिङ प्रक्रिया सुरु गर्नका लागि १ लाख ५० हजार डलर फिर्तायोग्य रूपमा जम्मा गर्नुपर्ने हुन्छ। यात्राको प्रत्यक्ष प्रशारण पनि हुने बताइएको छ, जसको वेबकास्ट प्रक्षेपणको ३० मिनेटअघि सुरु हुनेछ।

सन् २००० मा जेफ बेजोसले स्थापना गरेको ब्लु ओरिजिनले केवल पर्यटकलाई अन्तरिक्षमा लैजाने मात्र होइन, नासा सँग सहकार्य गर्दै चन्द्रमामाथि अन्तरिक्षयात्री उतार्ने योजना अन्तर्गत ब्लु मून ल्यान्डर पनि विकास गरिरहेको छ।

त्यस्तै, कम्पनीले ठूलो क्षमताको न्यु ग्लेन रकेटमा पनि काम गरिरहेको छ, जसले स्याटेलाइटहरू पृथ्वीको कक्षमा राख्न र भविष्यमा अन्तरिक्षयात्रीलाई चन्द्रमासम्म लैजान सक्नेछ।

ब्लु ओरिजिनका केही ऐतिहासिक उडानहरूमा जेफ बेजोस स्वयं सहभागी भइसकेका छन्, र कम्पनीले पूर्ण महिला चालक दललाई अन्तरिक्षमा पठाएर पनि इतिहास रचेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka