Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

स्पेसएक्सको स्टारसीप उडान ११ सफल, अझ ठूलो रकेट निर्माणको तयारी

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २९, २०८२  | बिहान ७:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

दक्षिण टेक्सास । संसारकै सबैभन्दा ठूलो र शक्तिशाली रकेट स्टारशिपको ११औं परीक्षण उडान सफल भएको छ।

अक्टोबर १३, २०२५ मा स्पेसएक्सले दक्षिण टेक्सासको स्टारबेस प्रक्षेपण स्थलबाट ४०३ फिट (१२४ मिटर) अग्लो यो मेगारकेट सफलतापूर्वक प्रक्षेपण गरेको हो।

बिज्ञापन

यो परीक्षण उडान पूर्ण रूपमा सफल रह्यो। स्टारशिपको दुईवटा प्रमुख भागहरू – सुपर हेभी बूस्टर र माथिल्लो स्टेज ‘शिप’ – दुवै पृथ्वीमा सटीक स्थानमा पानीमा अवतरण गराइयो।

माथिल्लो स्टेज ‘शिप’ ले अन्तरिक्षमै एउटा इन्जिन पुनः प्रज्वलन गर्न सफल भयो र आठवटा डमी पेलोडहरू (नक्कली उपग्रह) पनि सफलतापूर्वक प्रक्षेपण गर्‍यो।

स्पेसएक्सका अनुसार अब ध्यान नयाँ पुस्ताको स्टारशिप र सुपर हेभी बूस्टरको निर्माणमा केन्द्रित गरिएको छ। अहिले कैयौं नयाँ यानहरू निर्माण प्रक्रियामा छन् र चाँडै परीक्षणको तयारीमा छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka