Premier Cables
Premier Steel

कोशी प्रदेश

काेसीका मन्त्रीकाे अर्को झुट:१३ वटै चार्जिङ स्टेसन चलिसके !

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन १८, २०८२  | साँझ ६:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारले १३ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको दाबी गरे । तर, यथार्थमा तीमध्ये अधिकांश स्टेसन अझै सञ्चालनमा नआएको खुलेको छ।

मोरङको विराटनगर, सुनसरीको इटहरी र झापाको सुरुङ्गा गरी तीन स्थानमा मात्रै चार्जिङ स्टेसन सञ्चालनमा छन् भने बाँकी स्थानहरूमा संरचना निर्माण भए पनि स्टेसन सञ्चालनमा आउन सकेका छैनन्।

बिज्ञापन

बेलबारी नगरपालिकाको उदाहरण हेर्दा नगर बस चार्ज गर्नसमेत अन्यत्र जानुपर्ने अवस्था छ। बेलबारी नगरपालिकामा चार्जिङ स्टेसन निर्माण भए पनि ट्रान्सफर्मर नपुगेकाले सञ्चालनमा आउन नसकेको वडाध्यक्ष योगेन्द्र सुवेदीले जानकारी दिएका छन्। उनका अनुसार १५ दिनअघि नगर बसलाई चार्ज गर्न विराटनगरसम्म लगिएको थियो।

त्यसैगरी, ताप्लेजुङको फुङलिङ बसपार्कमा निर्माण सम्पन्न भए पनि प्राविधिक परीक्षण र थ्री-फेज विद्युत् लाइन जडानको काम बाँकी रहेको मेयर अमिर मादेनले बताए।

यता मन्त्रालयका सूचना अधिकारी राजेन्द्रकुमार माझीले पनि १३ मध्ये ३ वटा मात्रै स्टेसन हाल सञ्चालनमा रहेको स्वीकार गरेका छन्।

यसबीच, प्रदेश सरकारको मातहतमा आएका खानेपानी तथा सिँचाइ आयोजनाहरू पनि सन्तोषजनक अवस्थामा छैनन्। संघ सरकारले हस्तान्तरण गरेका १२९ आयोजना बजेट अभावका कारण अलपत्र छन्। मन्त्रालयका अनुसार संघबाट पूर्व स्वीकृति प्राप्त योजनाहरूमा बजेट नआउँदा कार्यान्वयनमा समस्या देखिएको हो।

त्यस्तै, झापा, मोरङ, सुनसरी र उदयपुरका करिब ५० ओभरहेड खानेपानी आयोजना जनसहभागिताको अभावमा अलपत्र छन्। आयोजना लागतको २० प्रतिशत जनसहयोग आवश्यक पर्ने प्रावधानका कारण उपभोक्ताले श्रमदान गर्न नसक्दा समस्या आएको मन्त्रालयका सचिव प्रदीप वान्तवाले बताए।

तर, धरानको खानेपानी समस्या समाधान गर्न भने मन्त्रालयले विशेष पहल थालेको छ। मन्त्री कार्कीका अनुसार, दैनिक ३० लाख लिटर पानी आपूर्ति गर्ने लक्ष्यसहित तीनवटा नयाँ बोरिङ सञ्चालनको तयारी भइरहेको छ। ‘केही प्राविधिक काम पूरा भएलगत्तै वितरण प्रणालीमा पानी जोडिनेछ,’ उनले भने, ‘यसबाट करिब ३० हजार घरधुरीमा पानी आपूर्ति सहज हुनेछ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka