Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसीका सबै जिल्लामा डेंगु, तीन जनाको मृत्यु

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | साँझ ६:१२ बजे
Hamro Biratnagar Headlines

बिर्तामोड । कोसी प्रदेशका १४ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार हालसम्म प्रदेशभर ३,१८१ जना डेंगु संक्रमित भेटिएको छ भने तीन जनाको मृत्यु भइसकेको छ।

उनका अनुसार तराईका जिल्लामा संक्रमणको दर बढी रहेको छ भने पहाडी जिल्लामा तुलनात्मक रूपमा कम छ। अहिलेसम्म मोरङमा ९१३, झापामा ८९७, सुनसरीमा ३७७, उदयपुरमा २७५, भोजपुरमा २२६, धनकुटामा १४३, ओखलढुंगामा १२१, पाँचथरमा ७०, खोटाङमा १०, ताप्लेजुङमा २, इलाममा ५, सोलुखुम्बुमा ६ र तेह्रथुममा २ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो।

बिज्ञापन

अधिकृत खत्रीले विगत ५० वर्षमा विश्वभर डेंगु संक्रमण ३० गुणाले बढेको उल्लेख गरिन्। उनले हरेक जिल्लामा स्वास्थ्य कार्यालय र स्थानीय तहमार्फत खोज, नियन्त्रण तथा नष्ट गर्ने अभियान सञ्चालन भइरहेको जानकारी दिइन्।

डेंगु एडिज एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट फैलिने भएकाले खत्रीले दिउँसो लामखुट्टेको टोकाइबाट जोगिन पूरा बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउन अनुरोध गरिन्। साथै, घर वरिपरि सफा राख्न र पानी जम्ने भाँडाकुँडा हटाउन आग्रह गरिन्।

डेंगुका लक्षणहरूमा उच्च ज्वरो, असाध्यै शरीर दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, आँखाको गेडी दुख्ने, बान्ता, वाकवाकी, पखाला लाग्ने, शरीरमा रातो बिमिरा आउने आदि पर्दछन्। यिनै लक्षणका आधारमा चिकित्सकहरूले किटमार्फत परीक्षण गरी उपचार गरिरहेको निर्देशनालयले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka