Premier Cables

कोशी प्रदेश

मनसुन सकिनै लाग्दा कोशी प्रदेशभर फैलियो डेंगु

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज ०५, २०८३  | बिहान ९:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशमा डेंगु संक्रमणले तीव्र रूप लिन थालेको छ। प्रदेशका १४ जिल्लामध्ये हालसम्म १३ जिल्लामा संक्रमण फैलिसकेको छ भने झापा र सुनसरी जिल्ला यसको उच्च जोखिममा देखिएका छन्।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सेप्टेम्बर १९ सम्ममा प्रदेशभर कुल ७९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।

विज्ञापन

जिल्लागत संक्रमणको अवस्था

निर्देशनालयकी जनस्वास्थ्य अधिकृत स्मृती लुइँटेलका अनुसार झापामा सबैभन्दा बढी २२८ जना र सुनसरीमा २०३ जना मा संक्रमण देखिएको छ।

पछिल्लो समय तराईमा मात्र सीमित नरहेर पहाडी तथा हिमाली जिल्लाहरूमा समेत डेंगु तीव्र रूपमा फैलिएको पाइएको छ। तथ्यांक अनुसार ओखलढुंगामा १२२, खोटाङमा ८२, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २०, संखुवासभामा १८ र धनकुटामा ४ जना संक्रमित भएका छन्। त्यस्तै, सोलुखुम्बु र तेह्रथुममा ३-३ जना तथा ताप्लेजुङमा १ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण फैलिँदै गएसँगै प्रदेशका विभिन्न अस्पतालहरूमा हाल डेंगुका ५१ जना सम्भावित र २ जना शंकास्पद बिरामीहरू भर्ना भएर उपचाररत रहेको निर्देशनालयले जनाएको छ।

डेंगुको जोखिम लगातार बढ्दै गएकाले यसको रोकथामका लागि बेलैमा सचेत बन्नुपर्ने आवश्यकता देखिएको छ। जनस्वास्थ्य अधिकृत लुइँटेलले संक्रमण नियन्त्रणका लागि समुदायस्तरमै ‘लामखुट्टेको बासस्थान खोजौँ र नष्ट गरौँ’अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएकी छिन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka