Premier Cables

शिक्षा

प्याब्सन झापाद्वारा महावीर पुनलाई सम्मान

Calendar आइतबार, साउन ११, २०८२  | बिहान १०:२२ बजे

प्याब्सन झापाद्वारा महावीर पुनलाई सम्मान
बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन झापाले डाक्टर महावीर पुनलाई सम्मान गरेको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका डा. पुनलाई प्याब्सन झापाले सम्मान गरेको हो ।

बिज्ञापन

प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षता तथा प्याब्सन केन्द्रीय कार्यसमिति सल्लाहकार गोविन्द लम्सालको प्रमुख आतिथ्यता आयोजित कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो ।

डाक्टर पुनको सम्मानपछि उनीद्वारा लिखित महावीर पुन सम्झना , सपना र अविरल यात्रा नामक पुस्तक खरिद गरिएको प्याव्सन झापाका सचिव लक्ष्मी प्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार प्याव्सन झापाले ५० थान पुस्तक खरिद गरेको छ ।

पुनको राष्ट्रव्यापी अभियानलाई सहयोग पु¥याउन पुस्तक खरिद गरिएको हो ।
उक्त कार्यक्रममा प्याब्सन कोशी प्रदेश कार्यसमितिका उपाध्यक्ष कोषराज प्याकुरेल, पूर्व केन्द्रीय सदस्य राम सिटौला, मोहन सुब्बा, प्याब्सन झापा प्रमुख सल्लाहकार गौरीमान फागो, जिल्ला सल्लाहकार प्रभुकुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

*** समाप्त ***
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka