Premier Cables

राजनीति

एमाले केन्द्रीय कमिटी बैठक : पार्टी विभाज गर्ने तत्वसँग सतर्क रहन ओलीको आग्रह

Calendar सोमबार, साउन ०५, २०८२  | अपराह्न ३:३९ बजे

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा जारी छ ।

बैठकमा धारणा राख्दै अध्यक्ष केपी शर्मा ओलीले विभाजन गर्ने तत्वबाट पार्टीलाई जोगाउनुपर्ने भएकाले एकताबद्ध हुन आग्रह गरेका छन् । उनले पार्टीभित्र नेताहरूबीच कुनै पनि विषयमा पनि विमति नरहेको दाबी गरे ।

बिज्ञापन

बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्ताव पेस गरिएको छ । बैठकमा बैठकमा चारवटा विषयमाथि छलफल गर्ने गरी कार्यसूची प्रस्तुत गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पार्टी विधान महाधिवेशनका लागि विधान संशोधन प्रस्ताव, सांगठनिक कामको तयारी, विधान महाधिवेशनको ब्यवस्थापकीय काम र समसामयिक विषय कार्यसूची रहेको छ ।

प्रस्तावित विधानबारे धारणा राख्न सदस्यहरुलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको प्रचार विभाग प्रमुख गौतमले बताए । । यसअघि विधान संशोधन प्रस्ताव केन्द्रीय सचिवालय र पोलिटब्यूरो बैठकबाट पारित भइसकेको छ ।

सचिवालय, स्थायी कमिटी र पोलिटव्यूरो सदस्यहरुले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरुले मात्र आजको बैठकमा बोल्ने अवसर पाउने गौतमले जानकारी दिए । सचिवालय,स्थायी कमिटी र पोलिटव्यूरो बाहेक एमालेमा करिब २ सय ३० जना केन्द्रीय सदस्य छन् । बैठक आज र भोलिमा सक्ने भनिए पनि सबै केन्द्रीय सदस्यहरुले धारणा राख्ने समय लिएमा पर्सीसम्म लम्बिन सक्ने केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टीको साउन १ गते बसेको सचिवालय तथा २ र ३ गते बसेको पोलिटव्यूरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाएको छ । उपाध्यक्ष पौडेलले विधानको मस्यौदामा यी विषय पनि समेटेर केन्द्रीय कमिटीमा प्रस्तुत गरेको गौतमले जानकारी दिए ।

केन्द्रीय कमिटीले पास गरेको विधान मातहतका कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ । त्यसपछि प्राप्त सुझावलाई समेटेर विधान महाधिवेशनमा प्रस्तुत गरिने छ । आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन हुँदैछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027