Premier Cables

विराटनगर शिक्षा

विराटनगरको एउटा स्कुल : चप्पल हातमा बोक्दै बुई चढेर आहाल तर्छन विद्यार्थी ! (तस्बिरहरु)

Calendar सोमबार, साउन ०५, २०८२  | बिहान ११:१२ बजे

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ३ मा अवस्थित छ सीप विकास तालिम केन्द्र छ । त्यही तालिम केन्द्रसँग सटिएको छ विराटनगरको मदननगर आधारभुत द्यिालय ।

पूर्वपट्टि बुढीगंगा गाउापालिका पर्छ । पश्चिम विराटनगर महानगर । त्यस दक्षिण कोसी प्रदेश प्रमुख पर्शुराम खापुङको सरकारी निवास छ । विद्यालयमा पूर्वप्राथमिक र प्राथमिक तहका विद्यार्थी पढ्छन् । तर, हेरक बिहान विद्यालय आउँदा उनीहरुको एउटै चिन्ता हुन्छ आहालले भरिएको सडक कसरी काट्ने । प्रदेश प्रमुखको निवाससम्म चिल्लो सडक निर्माण भएको छ । तर, मदननगर विद्यालय प्रवेश गर्ने सडक भने त्यसै छाडिएको छ ।

बिज्ञापन

त्यहाँ अधुरो सडकमा ठूलाठूला खाल्डा छन् । अलिकति वर्षा भएपनि ठूलो पोखरी बन्छ । बुढीगंगातिरबाट आउने विद्यार्थीलाई त्यो खाल्डो पार गर्न दिनहुँ निकै सकस पर्छ । विद्यार्थीले हातमा चप्पल बोक्छन् अनि सार्थीको बुई चढेर बाटो कट्छन् । यो समस्या समाधान गर्न र अधुरो सडकको काम सम्पन्न गर्न महानगर न बुढाीगंगा गाउँपालिकाले ध्यान दिएका छन् ।

हेर्नुहोस विद्यार्थीको पीडा तस्विरमा ।

pic: Nirmal Dhungana

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027