Premier Cables

अपराध

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार आरोपमा पक्राउ

Calendar आइतबार, साउन ०४, २०८२  | राती ९:०३ बजे

काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ परेका छन । काठमाडौँ जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीको आधारम उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

सोही अनुमतिका आधारमा उनलाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहोराले जानकारी दिएका छन् ।

बिज्ञापन

बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले अहिराजमाथि अनुसन्धान थालेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा अहिराजविरूद्ध माघ ३ गते नै दर्ता भएको थियो ।

जाहेरी दर्तालगत्तै भागेर भारतजानु भएको अहिराज केही हप्तादेखि काठमाडौँमै लुकेर बसेको सूचनाका आधारमा खोजी गरिएको थियो । पीडितलाई अहिराजले १७ वर्षको उमेरदेखि यौन शोषण गरेको जाहेरीमा उल्लेख छ ।

जाहेरीकर्ता मधेसीमूलकी युवती हुन् ।

काठमाडौँमा घरायसी कामको सहयोगीका रुपमा ल्याएर पठनपाठनको जिम्मा लिएका अहिराजले १७ वर्षको उमेरदेखि विभिन्न प्रलोभनमा पारेर यौन सम्पर्क गरेको पीडितको दाबी छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027