






फाइल फोटो
विराटनगर । कोसी प्रदेशमा पछिल्लो एक महिनामाको अवधिमा विभिन्न प्राकृतिक विपदमा परी ९ जनाको ज्यान गएको छ ।
विपदसँग सम्बन्धित घटनाबाट २३ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकअनुसार विभिन्न १४ जिल्लामा बाढी, पहिरो, चट्याङ, जंगली जनावरको आक्रमण, करेंट लागेर, सर्पदंश, हावाहुरी, आगलागी र नालारपोखरीमा डुबेर मानवीय र भौतिक क्षति भएको हो।
जेठदेखि असार ३२ गतेसम्म ती घटनामा परी ९ जनाको मृत्यु भएको छ । तारेजुङमा १ जनाको हाइड्रोपावर दुर्घटनामा परी मृत्यु भयो । जंगली जनावरको आक्रमणबाट ३ जना, करेंट लागेर १ जना, सर्पदंशबाट ३ जना र आगलागीबाट १ जनाको ज्यान गएको मन्त्रालयको विपद् महाशाखाले जनाएको छ ।
घटनमा परिी २८ जना घाइते भए । बाढी पहिरोबाट २३ वटाघर र ५ मा क्षति पुग्यो । सबैभन्दा बढी क्षति मोरङमा भयो । झापमा सबैभन्दा धेरै १ करोड ६५ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भयो ।