Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

बंगलादेशको गोपालगञ्ज र्‍यालीमा हिंसा, ४ जनाको मृत्यु

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बिहिबार, साउन ०१, २०८२  | बिहान ११:११ बजे

काठमाडौं । बंगलादेशको गोपालगञ्जमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) का समर्थक युवाहरूले निकालेको र्‍याली हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्।

गोपालगञ्ज, जुन प्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो, त्यहीँ भएको प्रदर्शनका क्रममा एनसीपी र अवामी लीगका समर्थकबीच झडप भएको थियो। ‘प्रोथोम आलो’का अनुसार, झडप सुरु भएपछि प्रदर्शनकारीले प्रहरी, सेना र अर्धसैनिक बलमाथि लाठी, ढुंगा र इँटाले आक्रमण गरे।

बिज्ञापन

प्रदर्शनकारीहरूले प्रशासन प्रमुखको गाडीसमेत तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, साउन्ड ग्रिनेड र गोली प्रहार गरेको थियो। मारिएका तीनजनाको पहिचान दीप्टो साहा (२५), रमजान काजी (१८) र सोहेल मोल्ला (४१) को रूपमा भएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन्।

हिंसाका बाबजुद पनि एनसीपीले र्‍याली सम्पन्न गरेको छ। क्षतिग्रस्त मञ्च र साउन्ड सिस्टमबीचै नेताहरूले सम्बोधन गरेका थिए। पार्टी संयोजक नाहिद इस्लामले भने, “यदि सुरक्षा निकायले न्याय दिन सकेनन् भने हामी आफैं न्याय लिन्छौं।”

एनसीपी नेता सरजिस आलमले शेख हसिनाको पार्टीमाथि हमलाको नेतृत्व गरेको आरोप लगाउँदै फेसबुकमा लेखेका छन्, “प्रहरी मूकदर्शक बन्यो।”

हिंसापछि गोपालगञ्जमा बुधबार राति ८ बजेदेखि २२ घण्टाका लागि कर्फ्यु आदेश जारी गरिएको छ। शान्ति कायम राख्न बंगलादेश अर्धसैनिक बल बीजीपीका करिब २०० सुरक्षाकर्मी तैनाथ गरिएको छ।

एनसीपी हालै गठन भएको बंगलादेशको पहिलो विद्यार्थी नेतृत्वको राजनीतिक दल हो, जसलाई अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको समर्थन प्राप्त छ। युनुसले एक्समार्फत युवाहरूको आन्दोलन रोक्नु अभिव्यक्ति स्वतन्त्रताको गम्भीर उल्लंघन भएको टिप्पणी गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka