Premier Cables
Premier Steel

राजनीति

गृहमन्त्री लेखकको प्रश्न : रवि लामिछाने अमेरिका जाँदा कुन भिसा प्रयोग गरिएको हो ?

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार २५, २०८२  | अपराह्न ३:५१ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अमेरिका जाँदा कुन प्रकारको भिसा प्रयोग गरिएको हो भन्नेबारे स्पष्ट पार्न आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री लेखकले लामिछाने भिजिट भिसामा अमेरिका गएको भन्ने कुरा आफूले सुनेको उल्लेख गर्दै, त्यसबारे सार्वजनिक रूपमा जानकारी दिनुपर्ने बताए।

बिज्ञापन

उनले भने, “माननीय रवि लामिछानेज्यू, जो यस सम्मानित सदनका पूर्वसदस्य पनि हुनुहुन्थ्यो, कुनै समय अमेरिकामा भिजिटरको रूपमा जानुभएको भन्ने मैले सुनेको हुँ। वास्तवमा उहाँ भिजिटर भिसामै जानुभएको हो कि होइन? होइन भने कुन प्रकारको भिसा थियो, कृपया स्पष्ट पारिदिनुहोस्।”

गृहमन्त्री लेखकले सोही क्रममा थप प्रश्न गर्दै भने, “भिजिट भिसामा गएर त्यस देशको नागरिकता लिन पाइन्छ त? यदि पाइँदैन भने, यस्तो भिसाको दुरुपयोग गर्ने पार्टीका नेताले अरूलाई नैतिकताको पाठ पढाउन मिल्छ त? नैतिकताको अपेक्षा अरूसँग गर्नु उपयुक्त हो कि आत्मआलोचनाबाट थालनी गर्नु उपयुक्त हुन्छ?”

गृहमन्त्रीको प्रश्न र टिप्पणीले लामिछानेको अमेरिकी बसाइ र भिसा विषयमा पुनः बहस सुरु गराएको छ। उनले रास्वपामाथि नैतिकताको प्रश्न उठाउँदै पार्टीभित्र आत्मसमीक्षा आवश्यक रहेको संकेत गरेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka