Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको इगनाइट फाउन्डेसनद्वारा निःशुल्क आँखा शिविर

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार २५, २०८२  | अपराह्न १:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हालै स्थापना भएको इगनाइट फाउन्डेसन विराटनगरले सामाजिक उत्तरदायित्वअन्तर्गत विराटनगर–१२ स्थित जनता बालकल्याण आधारभूत विद्यालयमा निःशुल्क आँखाको शिविर सम्पन्न गरेको छ।

दुई महिनाअघि स्थापना भएको यस संस्थाले सामाजिक क्षेत्रमा विविध कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसहित आफ्नो गतिविधि विस्तार गरिरहेको छ। यसअघि ईगनाइट फाउन्डेसनले महेन्द्रचोकमा निःशुल्क पानी वितरण कार्यक्रमसमेत गरेको थियो।

बिज्ञापन

बुधबार आयोजित आँखा शिविरको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरे। उद्घाटन समारोहमा बोल्दै कोइरालाले आँखालाई मानव जीवनको अभिन्न अंग भएको उल्लेख गर्दै नियमित जाँच र उपचार अपरिहार्य रहेको बताए। साथै, बालबालिकालाई लक्षित गरी गरिएको यस्ता कार्यक्रमहरू सराहनीय रहेको भन्दै सफलताको शुभकामना दिए।

शिविर विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। ईगनाइट फाउन्डेसनका अध्यक्ष आश्रय कोइरालाका अनुसार विद्यालयमा अध्ययनरत एक सय जना विद्यार्थीले उक्त शिविरबाट प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ।

अध्यक्ष कोइरालाले फाउन्डेसनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने र सामाजिक सेवामा सक्रिय रूपमा लागिरहने प्रतिबद्धता जनाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka